स्थानीय सरकार समृद्ध नेपाल निर्माणका लागि आधरस्तम्भ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय सरकारहरू समृद्ध नेपाल निर्माणको लागि आधरस्तम्भ रहेको बताउनुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको आज आयोजना गरेको आ.व.२०८२/८३ को वार्षिक नगर विकास योजना तथा आ.व.२०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा स्थानीय तहको ठूलो भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कृषि, पर्यटन, व्यापार व्यावसाय र सेवाका अन्य क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारसँग बलियो सम्बन्ध बनाउन स्थानीय तह अग्रसर हुनु पर्छ भने प्रदेश र केन्द्र सरकारले समेत यसमा सहयोगी बन्नुपर्नेमा धाराणा उहाँले राख्नुभयो ।
संविधानले दिएको अधिकारको प्रयोग गर्दै नगरपालिकाहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिमार्फत प्रत्यक्ष जवाफदेहिता कायम गर्दै जानुपर्नेमा जोड दिदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो” योजनाको प्रभावकारिता त्यसबेला मात्र पुष्टि हुन्छ, जब नागरिकहरूले यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन्” ।
देश सेवाका लागि आफु पुनः एमाले पार्टी सदस्यता नविकरण गर्दै पार्टी राजनीतिमा फर्किएको घोषणा पछि पूर्व राष्ट्रपति भण्डारी विभिन्न औपचारिक एवम सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आउनुभएको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












