स्थानीय सरकार समृद्ध नेपाल निर्माणका लागि आधरस्तम्भ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय सरकारहरू समृद्ध नेपाल निर्माणको लागि आधरस्तम्भ रहेको बताउनुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको आज आयोजना गरेको आ.व.२०८२/८३ को वार्षिक नगर विकास योजना तथा आ.व.२०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा स्थानीय तहको ठूलो भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कृषि, पर्यटन, व्यापार व्यावसाय र सेवाका अन्य क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारसँग बलियो सम्बन्ध बनाउन स्थानीय तह अग्रसर हुनु पर्छ भने प्रदेश र केन्द्र सरकारले समेत यसमा सहयोगी बन्नुपर्नेमा धाराणा उहाँले राख्नुभयो ।
संविधानले दिएको अधिकारको प्रयोग गर्दै नगरपालिकाहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिमार्फत प्रत्यक्ष जवाफदेहिता कायम गर्दै जानुपर्नेमा जोड दिदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो” योजनाको प्रभावकारिता त्यसबेला मात्र पुष्टि हुन्छ, जब नागरिकहरूले यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन्” ।
देश सेवाका लागि आफु पुनः एमाले पार्टी सदस्यता नविकरण गर्दै पार्टी राजनीतिमा फर्किएको घोषणा पछि पूर्व राष्ट्रपति भण्डारी विभिन्न औपचारिक एवम सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आउनुभएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











