थाइल्यान्डमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूताबासको आयोजनामा बैंककमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम थाई नेपाली संघ, एनआरएनए एनसीसी थाइल्यान्डको सहयोग र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सक्रियतामा सम्पन्न भएको हो ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यंक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै कविता वाचन, भानु संवाद, रामायण वाचन, शुभकामना आदि प्रस्तुत गरिएको थियो । ७ वर्षदेखि १२ वर्षसम्मको एउटा समूह र १३ वर्षदेखि १८ वर्षसम्मका दोस्रो समूह गरि दुई चरणमा कविता वाचन प्रतियोगिता गर्दै पुरस्कार वितरण गरिएको थियो । यस विशेष अवसरमा थाई नेपाली समुदायबीच आपसी एकता, भाषिक गौरव, संस्कार संस्कृति र सांस्कृतिक पहिचानप्रतिको सम्मान झल्किएको थियो।
“कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि गौरवको विषय हो। यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीबीच आत्मीयता बढाउनुका साथै मातृभाषा संस्कार र संस्कृतिप्रति नयाँ पुस्तामा चेतना फैलाउने कार्यमा टेवा पुर्याउँछ भन्ने विश्वास लिइएको छ”, थाई नेपाली संघ थाईल्यान्डका संरक्षक कुमार कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो । 
पुरस्कृत कवि र सहभागी सबैमा आयोजकले धन्यवाद दिएको छ । कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टा, कलाकार, सामाजिक अगुवा तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गत वर्ष पनि दूताबासको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रम आयोजना भएको थियो । विदेशमा रहेका नेपालीहरुलाई एकताको सूत्रमा बाँध्न र नेपाली भाषा साहित्यको संरक्षण गर्न यस्था कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











