साफ यू-२० च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग ‘गर या मर’काे अवस्थामा नेपाल
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम एवं निर्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । आजको खेलमा विजेताले साफ यू–२० को यस संस्करणको विजेता हुनेछ ।
हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।
नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३–२ गोलअन्तरको हार बेहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ । हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।
अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।
५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।
यदि नेपालले आज बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वतः च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ । यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ ।
नेपालले एक गोल अन्तरले मात्र जितेपनि समग्रमा नेपालको गोल अन्तर धेरै हुनेछ । त्यसैले अन्तिम खेल नेपालका लागि ‘डु अर डाई’ (गर या मर)नै हुनेछ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान छ । आजको खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











