पूर्वी नाकाबाट १० मुख्य बस्तुमध्ये सर्वाधिक ‘अलैँची’ निर्यात
काँकडभिट्टा । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा बढी निर्यात ‘अलैँची’को भएको छ। मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा ४२ लाख ९४ हजार ५५० केजी अलैँची निर्यात गरिएको छ, जसको मूल्य करिब ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ।
पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र भोजपुर लगायतका पहाडी जिल्लाहरू अलैँची उत्पादनका लागि प्रसिद्ध छन्। त्यहाँ उत्पादित अलैँची प्रशोधनपछि काँकडभिट्टा नाकाबाट भारत निर्यात गरिन्छ।
अलैँचीपछि सबैभन्दा धेरै निर्यात हुने वस्तु फलामे पाता हो, जसको निर्यात मूल्य ४ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ। तेस्रो स्थानमा रहेको चियाको निर्यात १ करोड ५४ लाख १६ हजार ७५७ केजी भएको छ, जसबाट ४ अर्ब २१ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ। गत वर्षको तुलनामा चियाको निर्यात ३२.५% ले वृद्धि भएको हो।
२०७९/८० मा ३ अर्ब १७ करोड ९५ लाख बराबरको चिया निर्यात गरिएको थियो। त्यसपछि निर्यात हुने अन्य प्रमुख वस्तुहरूमध्ये प्लाइउड चौथो स्थानमा छ, जसको निर्यात मूल्य ३ अर्ब ३२ करोड ८९ लाख नाघेको छ। पाँचौँ स्थानमा रहेको छुर्पी ८ लाख १५ हजार केजी निर्यात भएको छ, जसको मूल्य १ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ छ। पशु आहारका रूपमा छुर्पी तेस्रो मुलुकमा निर्यात गरिन्छ।
अन्य निर्यात हुने वस्तुहरूमध्ये:
छैटौँ: अम्लिसो – ९५ करोड ६६ लाख
सातौँ: भेनियर पत्ती – ९४ करोड ५६ लाख
आठौँ: मोलासिस – ५१ करोड १ लाख
नवौँ: अदुवा – २९ करोड ६० लाख
दशौँ: सिमेन्टको क्लिङ्कर – २८ करोड ४१ लाख रहेको छ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार यी वस्तुहरू मुख्यतया भारततर्फ निर्यात भएका हुन्। पूर्वी नेपालको नगदे बालीका रूपमा चिनिने अलैँची, चिया र अदुवाले निर्यात आम्दानीमा ठुलो योगदान दिएका छन्।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











