बंगलादेशमा वायुसेनाको जेट खस्दा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सोमबार वायुसेनाको एक तालिम जेट माइलस्टोन स्कूलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्। यो दुर्घटना स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेपछि उत्तरा उपनगरमा भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार एफ–७ जेटले तालिम उडानका लागि उडान भरेको केही बेरमै यान्त्रिक गडबडीको सामना गर्यो। सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै विमानका पाइलट, फ्लाइट लेफ्टिनेन्ट एमडी तौकिर इस्लाम,ले कम जनघनत्व भएको क्षेत्रमा विमानलाई लैजाने प्रयास गरेको तर सफल नभएको बताएको छ। पाइलटको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनापछि माइलस्टोन स्कूल–कलेजको दुई तले भवनमा ठूलो आगो र बाक्लो धुवाँ देखिएको थियो। धेरैजसो पीडित विद्यार्थीहरू थिए जो भर्खरै विद्यालयबाट छुटेका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमध्ये १७ जना बालबालिका थिए।
घाइते भएका ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानका एक चिकित्सकले बताएका छन्। अधिकांश घाइते १० देखि १५ वर्ष उमेरका बालबालिका रहेका छन् र उनीहरू जेट इन्धनबाट जलेका छन् ।
बंगलादेशले मंगलबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ, जसमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ । एक अनुसन्धान समिति गठन पनि गरिएको छ जसले यस घटनाको अनुसन्धान गर्नेछ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












