ताजा समाचार

‘पदको लालसा छैन, जिम्मेवारी पूरा गरेर देशको सेवा गर्ने संकल्प गर्नु अनौठो विषय हाेइन्ः’ पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बबरमहलस्थीत कार्की बेन्क्वेटमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् ।

सम्मेलनमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफू देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै लालसा नरहेको समेत बताईन् । आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् ।

उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’ त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् । उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’

पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध मात्रै नभएर आवेग र उत्तेजनापूर्ण रहेकाले यस्ता कदमले पार्टीको साख गिराउने बताइन्  । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले, संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org