एसियाकप-२०२५ खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा भिड्ने
काठमाडौं । युएइमा आगामी सेप्टेम्बर ९ देखी २८ सम्म आयोजना हुने एसियाकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एशियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार भारत र पाकिस्तान एकै समूहमा परेका छन् । यि दुवै टोली दुई कट्टर प्रतिस्पर्धीका रूपमा चिनिदै आएका छन् भने, यिबिचको खेल १४ सेप्टेम्बरमा हुने छ।
यदि दुबै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ । एशियाकप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो। तर भारत–पाकबिच खराब सम्बन्धका कारण यो प्रतियोगिता न्युट्रल भेन्युमा खेल्न लागिएको हो।
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताए पछि प्रतियोगिता युएइमा हुने भएको हो । यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगिताहरुमा आफ्ना खेल न्युट्रल भेन्युमा खेल्दै आएको छ।
कुल ८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा समूह ए मा भारत, पाकिस्तान, युएई र ओमान रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन्।
एसीयाकपको सुरुवात १९८४ मा भएको थियो। अहिलेसम्म यो प्रतियोगिता १६ पटक भएको छ। भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ।
Comments
अरु समाचार
-
२०औं एसियन गेम्सः वर्षाले नेपाल र श्रीलंकाको खेल रद्ध, वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा
काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...












