एसियाकप-२०२५ खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा भिड्ने
काठमाडौं । युएइमा आगामी सेप्टेम्बर ९ देखी २८ सम्म आयोजना हुने एसियाकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एशियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार भारत र पाकिस्तान एकै समूहमा परेका छन् । यि दुवै टोली दुई कट्टर प्रतिस्पर्धीका रूपमा चिनिदै आएका छन् भने, यिबिचको खेल १४ सेप्टेम्बरमा हुने छ।
यदि दुबै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ । एशियाकप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो। तर भारत–पाकबिच खराब सम्बन्धका कारण यो प्रतियोगिता न्युट्रल भेन्युमा खेल्न लागिएको हो।
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताए पछि प्रतियोगिता युएइमा हुने भएको हो । यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगिताहरुमा आफ्ना खेल न्युट्रल भेन्युमा खेल्दै आएको छ।
कुल ८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा समूह ए मा भारत, पाकिस्तान, युएई र ओमान रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन्।
एसीयाकपको सुरुवात १९८४ मा भएको थियो। अहिलेसम्म यो प्रतियोगिता १६ पटक भएको छ। भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












