आज न्याय सेवा आयोगको बैठक बस्दै, मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने
काठमाडौं । आज (सोमबार) बिहान साढे ९ बजे बस्ने न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गर्ने भएको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गर्ने भएको छ । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने प्रवल सम्भावना रहेको छ । उनी रजिष्ट्रारमध्ये सिनियर रजिष्टार हुन् । सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए ।
पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् । पौडेल मुख्य रजिष्टार भएपछि उनको ठाउँमा रिक्त पद रजिष्ट्रारमा सिनियर सहरजिष्टार मानबहादुर कार्कीलाई रजिष्ट्रार बनाउने सम्भावना छ । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् । नायव महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस हुनेछन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।
को हुन् छैठौं मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेल ?
आज बस्ने न्याय सेवा आयोगको बैठकले विमल पौडेललाई मुख्य रजिष्ट्रार पदमा सिफारिस गर्ने सम्भावना छ । २०३५ साल मंसिर ८ गते स्याङजामा जन्मिएका पौडेल ४५ वर्षमै रजिष्ट्रार पदमा पुग्न सफल भएका व्यक्ति हुन् । २०५९ चैत १८ गते अधिकृत भएका पौडेल करिव ७ वर्षमा उपसचिव पदमा पुग्न सफल भए् । उनी २०६६ साल जेठ २ गते उपसचिव भएका थिए । उपसचिव भएको करिव पाँच वर्षपछि २०७१ पुष १५ गते सहसचिव पदमा नियुक्त भए । यस्तै २०८० साल पुष १५ गते हालको पद रजिष्ट्रारमा नियुक्त भएका थिए । पौडेलले सुरुवातमा नेपालबाट २०५९ सालमा संवैधानिक कानुनमा एलएलएम गरे । यस्तै नेदरल्याण्ड्समा बिजीनेश स्टडिज ल मा एलएलएम अध्ययन गरे । त्यसपछि बेलायतमा ब्रिटिश चेभिनिङ स्कलरसिपमा उनले अर्को एलएलएम गरे । सर्वोच्च अदालतका सिनियर न्यायाधीश हरि फुयालले पनि पौडेलले जस्तै बेलायतमा चेभिनिङ स्कलरसिपमा एलएलएम गरेका छन् ।
फेरि करियरकै लागि पौडेलले अमेरिकामा एक वर्षे हुयुबर्ट हम्फ्रे फेलोसिफ गरे । संसदका महासचिव पदमप्रसाद पाण्डे, सर्वोच्च अदालतबाट रिटायर्ड भएका वरिष्ठम् न्यायाधीश आनन्दमोहन भट्टराईले पनि अमेरिकामा हुयुबर्ट हम्फ्रे फेलोसिफ गरेका छन् । मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेलले नेपाललगायत विभिन्न देशमा कानुनी ज्ञान तथा सीपसम्बन्धी तालिमहरु लिएका छन् । उनले जापान, अष्ट्रेलिया, कोरियालगायतका देशमा सम्बन्धित विषयमा तालिम लिएका छन् ।
यस्तै पेशागत हिसावले सुरुमा उनले सरकारी वकिलको अधिकृतका रुपमा काम गरे । यसपछि उपसचिव पास गरेर अदालतमा प्रवेश गरेका थिए । शाखा अधिकृत पदमा हुँदा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय जुम्ला र काठमाडौंमा काम गरेका थिए । उपसचिव भएपछि सर्वोच्च अदालत, पुनरावेदन अदालत हेटौंडा, पुनरावेदन अदालत दिपायलमा काम गरेका छन् । त्यसपछि सहसचिव भएका उनले तत्कालीन पुनरावेदन अदालत हेटौंडा र पुनरावेदन अदालत पाटनमा पनि रजिष्टारका रुपमा काम गरेका छन् ।
यस्तै पौडेलसँग राष्ट्रिय न्यायिक प्रतिष्ठान एकेडेमिक संस्थाको रजिष्ट्रार, सर्वोच्च अदालतका सबै महाशाखा प्रमुखका रुपमा काम गरेको पनि अनुभव छ । पौडेलले मानव संसाधन विकास तथा प्रशासन महाशाखा, सर्वोच्चको प्रवक्ता तथा रिट महाशाखा, अनुगमन तथा निरीक्षण महाशाखालगायत सबै महाशाखामा काम गरेका छन् । पौडेल २०८० साल पुष २४ गते सचिव पदमा नियुक्त भएका थिए ।
को हुन् मानबहादुर कार्की ?
२०२६ साउन १८ गते मोरङमा जन्मिएका कार्की २०५२ पुष २६ गते अधिकृतका भएका थिए । करिब ११ वर्षपछि २०७३ कार्तिक ३ गते उपसचिव भए । यस्तै २०७१ माघ २९ गते सहसचिवमा नियुक्त भएका थिए । कार्की उच्च अदालत पाटनको रजिष्ट्रार भएर पनि काम गरेका छन् । इमान्दार तथा दक्ष सहरजिष्ट्रारका रुपमा उनलाई चिनिन्छ ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











