आज न्याय सेवा आयोगको बैठक बस्दै, मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की र नायव महान्यायाधिवक्तामा दाहाल सिफारिस हुने
काठमाडौं । आज (सोमबार) बिहान साढे ९ बजे बस्ने न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा विभिन्न व्यक्तिलाई सिफारिस गर्ने भएको छ । बैठकले न्याय सेवा आयोगको विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रार, रजिष्ट्रार र नायव महान्यायाधिवक्ता पदमा सिफारिस गर्ने भएको छ । आइतबारदेखि रिक्त भएको मुख्य रजिष्ट्रार पदमा सिनियर रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने प्रवल सम्भावना रहेको छ । उनी रजिष्ट्रारमध्ये सिनियर रजिष्टार हुन् । सर्वोच्चमा रहेका रजिष्ट्रार भद्रकाली पाखरेल र न्यायपरिषद्का सचिव यमबहादुर बुढा मगरभन्दा पौडेल करिब ६ महिना अगाडि रजिष्ट्रार पदमा नियुक्त भएका थिए ।
पौडेल २०८० पौष १८ गते सचिव भएका हुन् भने पोखरेल र बुढामगर २०८१ जेठ ११ गते सचिव भएका हुन् । पौडेल मुख्य रजिष्टार भएपछि उनको ठाउँमा रिक्त पद रजिष्ट्रारमा सिनियर सहरजिष्टार मानबहादुर कार्कीलाई रजिष्ट्रार बनाउने सम्भावना छ । कार्कीभन्दा पछिका सहरजिष्ट्रार एक वर्षपछि मात्र रजिष्ट्रार भएका छन् । नायव महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले साउन २ गतेदेखि राजनीमा दिएर रिक्त भएको पदमा सिनियर सहन्यायाधिवक्ता सुर्यराज दाहाल नायव महान्यायाधिवक्तामा सिफारिस हुनेछन् । न्याय सेवा आयोगले सिफारिस गरेको नामलाई आगामी मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्नेछ ।
को हुन् छैठौं मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेल ?
आज बस्ने न्याय सेवा आयोगको बैठकले विमल पौडेललाई मुख्य रजिष्ट्रार पदमा सिफारिस गर्ने सम्भावना छ । २०३५ साल मंसिर ८ गते स्याङजामा जन्मिएका पौडेल ४५ वर्षमै रजिष्ट्रार पदमा पुग्न सफल भएका व्यक्ति हुन् । २०५९ चैत १८ गते अधिकृत भएका पौडेल करिव ७ वर्षमा उपसचिव पदमा पुग्न सफल भए् । उनी २०६६ साल जेठ २ गते उपसचिव भएका थिए । उपसचिव भएको करिव पाँच वर्षपछि २०७१ पुष १५ गते सहसचिव पदमा नियुक्त भए । यस्तै २०८० साल पुष १५ गते हालको पद रजिष्ट्रारमा नियुक्त भएका थिए । पौडेलले सुरुवातमा नेपालबाट २०५९ सालमा संवैधानिक कानुनमा एलएलएम गरे । यस्तै नेदरल्याण्ड्समा बिजीनेश स्टडिज ल मा एलएलएम अध्ययन गरे । त्यसपछि बेलायतमा ब्रिटिश चेभिनिङ स्कलरसिपमा उनले अर्को एलएलएम गरे । सर्वोच्च अदालतका सिनियर न्यायाधीश हरि फुयालले पनि पौडेलले जस्तै बेलायतमा चेभिनिङ स्कलरसिपमा एलएलएम गरेका छन् ।
फेरि करियरकै लागि पौडेलले अमेरिकामा एक वर्षे हुयुबर्ट हम्फ्रे फेलोसिफ गरे । संसदका महासचिव पदमप्रसाद पाण्डे, सर्वोच्च अदालतबाट रिटायर्ड भएका वरिष्ठम् न्यायाधीश आनन्दमोहन भट्टराईले पनि अमेरिकामा हुयुबर्ट हम्फ्रे फेलोसिफ गरेका छन् । मुख्य रजिष्ट्रारमा सिफारिस हुने पौडेलले नेपाललगायत विभिन्न देशमा कानुनी ज्ञान तथा सीपसम्बन्धी तालिमहरु लिएका छन् । उनले जापान, अष्ट्रेलिया, कोरियालगायतका देशमा सम्बन्धित विषयमा तालिम लिएका छन् ।
यस्तै पेशागत हिसावले सुरुमा उनले सरकारी वकिलको अधिकृतका रुपमा काम गरे । यसपछि उपसचिव पास गरेर अदालतमा प्रवेश गरेका थिए । शाखा अधिकृत पदमा हुँदा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय जुम्ला र काठमाडौंमा काम गरेका थिए । उपसचिव भएपछि सर्वोच्च अदालत, पुनरावेदन अदालत हेटौंडा, पुनरावेदन अदालत दिपायलमा काम गरेका छन् । त्यसपछि सहसचिव भएका उनले तत्कालीन पुनरावेदन अदालत हेटौंडा र पुनरावेदन अदालत पाटनमा पनि रजिष्टारका रुपमा काम गरेका छन् ।
यस्तै पौडेलसँग राष्ट्रिय न्यायिक प्रतिष्ठान एकेडेमिक संस्थाको रजिष्ट्रार, सर्वोच्च अदालतका सबै महाशाखा प्रमुखका रुपमा काम गरेको पनि अनुभव छ । पौडेलले मानव संसाधन विकास तथा प्रशासन महाशाखा, सर्वोच्चको प्रवक्ता तथा रिट महाशाखा, अनुगमन तथा निरीक्षण महाशाखालगायत सबै महाशाखामा काम गरेका छन् । पौडेल २०८० साल पुष २४ गते सचिव पदमा नियुक्त भएका थिए ।
को हुन् मानबहादुर कार्की ?
२०२६ साउन १८ गते मोरङमा जन्मिएका कार्की २०५२ पुष २६ गते अधिकृतका भएका थिए । करिब ११ वर्षपछि २०७३ कार्तिक ३ गते उपसचिव भए । यस्तै २०७१ माघ २९ गते सहसचिवमा नियुक्त भएका थिए । कार्की उच्च अदालत पाटनको रजिष्ट्रार भएर पनि काम गरेका छन् । इमान्दार तथा दक्ष सहरजिष्ट्रारका रुपमा उनलाई चिनिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












