थाइल्याण्ड र कम्बोडियाबीच शान्तिवार्ता शुरु !
काठमाडौं । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ ।
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो । यस वार्ताको मध्यस्थता गरिरहेका मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमकै निवासमा वार्ता भइरहेको समाचार संस्था संस्थाहरुले जनाएका छन् ।
दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ । द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।
क्वालालम्पुरमा दुई देशका नेताबीच वार्ता भइरहेपनि सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीबीच लडाइँ भइरहेको छ । एपीका अनुसार कम्बोडियाको मियान्चे प्रान्तमा गोलाबारीको आवाज सुनिएको छ । मलेशियाका प्रधानमन्त्री इब्राहिमले दुबै पक्षले शान्तिका लागि आवश्यक सर्त अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपि वार्तामा तत्काल युद्धविराम गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।
यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।
क्वालालम्पुरका लागि उड्नुअघि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यस वार्तामा अमेरिका र चीनका प्रतिनिधि पनि पर्यवेक्षकका रुपमा सहभागी हुने जानकारी दिएका थिए । अधिकारीहरुले यस वार्तामा मलेशियाका लागि अमेरिकी र चिनियाँ राजदूतले पर्यवेक्षकको भूमिका निर्वाह गर्ने पुष्टि गरेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











