ख्यालख्यालमै गयाे युवाकाे ज्यान…..
काठमाडौं। दोलखाको जिरी नगरपालिकामा पार्कमा रहेको प्रतिक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिरी नगरपालिका–७ सुर्केका ३९ वर्षीय नुर्बु शेर्पाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो दिउँसो जङ्गली जडिबुटी खोज्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका–६ स्थित गुराँस पार्कको प्रतिक्षालयमा झुण्डिएर खेल्ने क्रममा एक्कासी लडेर गम्भीर घाइते भएका थिए । प्रतिक्षालयको ट्रष्टमा झुण्डिने क्रममा सिमेन्टको कंक्रिटमा बजारिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
साथिहरुसँग त्यहाँ पुगेका उनलाई तत्काल उद्धार गरी जिरी अस्पतालमा पठाइएकोमा सामान्य उपचारपछि हिजो दिउँसो हेलिकोप्टर मार्फत काठमाडौं रिफर गरिएको थियो। जिरीबाट काठमाडौंको ह्याम्स अस्पतालमा लगिएकोमा उनलाई बौद्ध स्तुपा अस्पताल रिफर गरिएको थियो । तर,उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
हाम्राे अपडेटबाट साभार गरिएकाे ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











