एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय समन्वय परिषद (एनसिसी) थाइल्याण्डको १२ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको हो।
३० वर्षदेखि थाइल्याण्ड बस्दै आएका श्रेष्ठले रिसोर्ट, होटल र रेस्टुरेन्ट सञ्चालन गरेका छन्। श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कान्छा गुरूङ (गाबो) वरिष्ठ उपाध्यक्ष छन् भने तीन जना उपाध्यक्षमा राजु बलामी, सारसिङ गुरूङ र आतिश कृष्ण श्रेष्ठ छन्। त्यस्तै महासचिवमा निरज वैद्य निर्वाचित भएका छन्।
सचिवहरूमा राज बहादुर साउँद र भूषण सिंह नेपाली छन्। कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित भएका छन् भने महिला संयोजक मेघा बजाज छन्। त्यस्तै सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतित कोइराला छन्।
अधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन भएका छन्। उमेद कुमार पुन सेरपुन्ज निर्वाचन संयोजक तथा सदस्यहरू शारदा न्यौपाने, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक सहितको निर्वाचन समितिले निर्विरोध कार्यसमिति बनाउन सफल भएको निवर्तमान अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।
‘थाइल्याण्डमा रहेका विभिन्न संघ संस्थाहरू, राजदूतावास सहितको सहयोगमा हामीले सर्वसम्मतिले नेतृत्व चयन गर्न सफल भयौं,’ उनले भने,’ योग्य र क्षमतावान साथीहरूको टिम आएको छ। नयाँ नेतृत्वले नेपालीको हकहितमा अझै सक्रियताका साथ काम गर्नेछ भन्ने हाम्रो अपेक्षा छ।’
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












