एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय समन्वय परिषद (एनसिसी) थाइल्याण्डको १२ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको हो।
३० वर्षदेखि थाइल्याण्ड बस्दै आएका श्रेष्ठले रिसोर्ट, होटल र रेस्टुरेन्ट सञ्चालन गरेका छन्। श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कान्छा गुरूङ (गाबो) वरिष्ठ उपाध्यक्ष छन् भने तीन जना उपाध्यक्षमा राजु बलामी, सारसिङ गुरूङ र आतिश कृष्ण श्रेष्ठ छन्। त्यस्तै महासचिवमा निरज वैद्य निर्वाचित भएका छन्।
सचिवहरूमा राज बहादुर साउँद र भूषण सिंह नेपाली छन्। कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित भएका छन् भने महिला संयोजक मेघा बजाज छन्। त्यस्तै सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतित कोइराला छन्।
अधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन भएका छन्। उमेद कुमार पुन सेरपुन्ज निर्वाचन संयोजक तथा सदस्यहरू शारदा न्यौपाने, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक सहितको निर्वाचन समितिले निर्विरोध कार्यसमिति बनाउन सफल भएको निवर्तमान अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।
‘थाइल्याण्डमा रहेका विभिन्न संघ संस्थाहरू, राजदूतावास सहितको सहयोगमा हामीले सर्वसम्मतिले नेतृत्व चयन गर्न सफल भयौं,’ उनले भने,’ योग्य र क्षमतावान साथीहरूको टिम आएको छ। नयाँ नेतृत्वले नेपालीको हकहितमा अझै सक्रियताका साथ काम गर्नेछ भन्ने हाम्रो अपेक्षा छ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











