रास्वपाले सार्वजनिक गर्याे रूपन्देही–३ उम्मेदवार बन्न चाहने आकांक्षीकाे नामावली
काठमाडौं । रूपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
आवेदन दिनेहरुमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्।
रास्वपाले साउन ७ गतेदखि २१ गते अपराह्न ५ बजेसम्म उम्मेदवारीका लागि आवेदन माग गरेको थियो । त्यसमा ९ जनाको उम्मेदवारी परेको पार्टीको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
रास्वपाले शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ। आकाङ्क्षपपी उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ।
साउन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ।
त्यस्तै, भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बीचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले जनाएको छ।
यहाँ २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











