बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा तथा राेपाई जात्रा ( घाेनाई) कार्यक्रम २०८२ भब्य रूपमा आयाेजना गरिने भएकाे छ । गाईजात्रा तथा रोपाईंजात्रा (घोनाई जात्रा) मूल समारोह समिति-२०८२ का संयाेजक जयमंगल लामाले पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएका हुन् । साे अवसरमा लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्ग्य, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू रोपाईजात्रामा समावेश हुने संयाेजक जयमंगल लामाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
साथै, विद्यालयस्तरीय प्रस्तुतिहरू समेत रोपाईजात्रामा समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने समितिले जानकारी दिएकाे छ । नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो । ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा हाम्रो साँस्कृतिक विविधताभित्रको पहिचान हो । यो हाम्रो अमूर्त साँस्कृतिक सम्पदा हो । सँस्कृति राष्ट्रको गौरव हो। यस पर्वलाई स्थानीय तामाङ भाषामा ‘घोनाई’ भनिन्छ । घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुन्छ ।
जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ‘घोनाई ड्या’ भनिन्छ । यस दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत-खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर-घरमा क्वाँटी खाने गरिन्छ । नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् जुन मृत्युसँस्कारसँग सम्बन्धित पर्व हो ।
असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरू रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरञ्जन गर्दै रोपाइँजात्रा मनाउने गर्दछन् । अर्कोतर्फ दिवंगतको स्मृतिमा घर-घरबाट रोपार, बाउसे बनाई रोपाईंजात्रामा सहभागी गराउने चलन छ ।
रोपाइँजात्राको उद्भव सम्बन्धी ठोस प्रमाण र आधार प्राप्त हुन सकेको छैन । यद्यपि लोक धारणा र प्रचलित किम्बदन्तीको आधारमा यस जात्राको बारेमा चर्चा गर्नुपर्ने हुन्छ । रोपाईंजात्रालाई गाईजात्राको प्रचलित जनश्रुतिको आधारमा व्याख्या गरिएको पाइन्छ । सन् १६४१-१६७४ तिर कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल ले गाईजात्रा चलाएको हो भन्ने इतिहासलाई आधार मान्ने हो भने सोह्रौं/सत्रौं शताब्दीदेखि नै रोपाईंजात्रा मनाउन थालिएको प्रतीत हुन्छ ।
राजा प्रताप मल्लको छोरा चक्रवर्तीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका थिए भनिन्छ । बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर-घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । राजा प्रताप मल्लले गाईजात्रा चलाएको हो भनिए तापनि जयस्थिति मल्लको समयभन्दा पहिले नै गाईजात्रा शुरु भएको हो भनेर संस्कृतिविद् बताउँदछन् ।
गाई यात्रालाई जात्राको रूपमा विकास भने कान्तिपुरका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको हो भनिन्छ । त्यस बेलादेखि गाईजात्रामा बाजागाजाको संस्कार थपिएको हो भनिन्छ । गाईजात्रा तथा रोपाईजात्रा शोक र मृत्युसँग सम्बन्धित पर्व हो । नेपाली सस्कृक्तिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतिकात्मक अर्थ बोकेको पर्वका रूपमा गाईजात्रा तथा रोपाईजात्रालाई लिन सकिन्छ ।
रोपाइँजात्राका दिन आफ्नो आफन्तको मृत्युको शोकबाट दुःखी भएका परिवारजनले शोक र दुःखलाई बिर्सेर मृत्यु शाश्वत सत्य हो भन्ने आत्मानुभूति गर्दै हास्यव्यङ्ग्य, झाँकी, ख्याली आदिको रमाइलो अनुभूति गर्दछन् । अतः जसरी र जहिले शुरु भएको भए तापनि गाईजात्रा तथा रोपाईजात्रा हाँसो, आँसु र उमङ्गको संगमको रूपमा रहिआएको छ ।
जबसम्म व्यक्ति वा समुदायमा आफ्नो संस्कृक्ति आफैले वा आफ्नो समुदायले जोगाउन पर्छ भन्ने चेतना आउँदैन तबसम्म चुनौतीहरू हाम्रा सामु आई नै रहन्छन् । हाम्रा पूर्खाले नासोको रूपमा सुम्पेका हाम्रो पहिचान बनेका अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्बर्द्धनमा हाम्रो ध्यान जानु आवश्यक छ ।
यसै कुरालाई हृदयंगम गरी श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा रोपाइँजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा ( घोनाई जात्रा) मूल समारोह समिति-२०८२ गठन गरिएको छ । जात्राको सफलताको लागि कार्य विभाजन समेत गरिएको छ।
रोपाईजात्रामा प्रस्तुत हुने विद्याहरूमा हलगोरु,युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हाँस्य व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँकी र घोडा रहने छ। यस्तै विद्यालयहरूको प्रस्तुती कार्यक्रम पनि रहने छ। श्रावण २५ गते दिउँसो ३:३० बजे घिनतिङनाका कार्यक्रम, श्रावण २६ गते मध्यान्ह १२:०० बजेदेखि २:०० बजेसम्म साँस्कृतिक कार्यक्रम रोपाईजात्राको ऱ्याली अगाडि हुनेछ। यसैगरि श्रावण २६ गते दिउँसो २:३० बजे रोपाइँजात्राको ऱ्याली शोभा यात्रा प्रारम्भ हुनेछ। श्रावण २६ गते साँझ ५:०० बजे औपचारिक तथा पुरस्कार वितरण कार्यक्रम गरिने भएकाे छ।
रोपाईंजात्राको ऱ्यालीको रुट बौद्ध स्तूप परिक्रमा गरि बौद्ध फूलबारी,बौद्धगेट, बौद्ध, टुसाल चोक, मूल सडक बौद्ध गेट, बौद्ध स्तूप परिक्रमा गरिनेछ । पुरस्कार वितरण कार्यक्रम बौद्ध पीपलबोट मूल सडकमा औपचारिक तथा पुरस्कार वितरण गरिने भएकाे छ । यसका लागि मुल समारोह समिति अन्तर्गतको उपसमिति निर्णायक मंण्डल/दर्ता प्रकिया र पत्रकार सम्मेलनकाे संयोजक वीर वहादुर लामा,मूल समारोह समितिकाे प्रवक्ता सम्पूर्ण कुमार लामा, प्रचार प्रसार समितिकाे संयोजक चन्द्र जित मोक्तान,स्वयम सेवक परिचालन ज्ञान बहादुर मोक्तान (काँराते), खास्ती नेवा पुच:, देव भ्वय गुठी, बौद्ध पिपलबोट युवा क्लव,, भुवाल डाँडा युवा क्लव, टुसाल युवा क्लव, नेपाल स्काउट स्थानीय संयोजक ज्ञानी मर्हजन रहने छन्।
त्यस्तै, सहयोगी महिला समुह, बौध्द स्तुपा ल्कब, रामहिटि बज्र युवा ल्कव, होप फाउण्डसन नेपाल पनि सहभागी हुने छन । यस्तै घोनाई नाच व्यवस्थापन संयोजक छोरडान महिला समाज, बौध्द एकल महिला समाज, प्रमुख अतिथि तथा अतिथि सत्कार, छोरडान महिला समाज, बौद्ध एकल महिला समाज, आनन्दपुर महिला समाज, मञ्च तयारी तथा व्यवस्थापन, श्री बौद्ध तामाङ कल्याण गुठी, खाना खाजा तथा विविध श्री बौद्ध तामाङ कल्याण गुठी, कार्यक्रम ऱ्याली व्यवस्थापन श्री बौद्ध तामाङ कल्याण गुठी, श्री टुसाल युवा क्लव, बौद्ध पिपलवोट युवा क्लव, श्री भुवाल डाँडा युवा क्लव, कराँते डोजो, नेपाल स्काउट, खास्ती नेवा पुच, सहयोगी महिला समुह, आनन्दपुर महिला समाज, विहानी एकल महिला समाज, देव भ्वय गुठी, रामहिटी बज्ज्र युवा ल्कव, नागेश्वर टोल सुधार समाज, घिनाताङ नाका व्यवस्थापन कृष्ण बहादुर लामा (बौ.ता.क. गुठी), श्री ओम तामाङ सुख दुख सेवा गुठी, ट्राफिक व्यवस्थपान तथा सुरक्षा समन्वय बौध्द प्रहरी वृत्त, ट्राफिक प्रहरी पोष्ट, वडा ०६ बौद्ध, का.म.न.पा नगर प्रहरी, सामुदायिक सेवा केन्द्र, पर्यटक प्रहरी र अनुगमन समितिकाे संयोजक टासी कुमार लामा,पुरुस्कार व्यवस्थापन तथा वितरण श्री बौध्द तामाङ कल्याण गुठी रहने आयाेजकले जनाएकाे छ।
“हाम्रो मौलिक कला र सांस्कृतिक हाम्रो पहिचान” भन्ने नारासाथ हुन लागेकाे गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई)मा तपसिलका विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ।
पुरस्कार तथा सम्मानः
- १० हल गोरु प्रतियाेगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश:१०,०००/७,०००/५,०००/२५८०,
-
युबा बाउसे प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: १०,०००/ ७,०००, ५०००, २५००,
-
युवा रोपार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: १०,०००० ७,०००, ५,०००/ २५००,
-
बाल रोपार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: १०,०००/ ७,०००/५,०००/ २५००,
-
बाल वाउसे प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: १०,०००/ ७,०००/५,०००. २५००,
-
व्यंङ्ग्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७,०००/५,०००/२५००/,
-
हास्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना पुरस्कार १०,०००/७,०००/५,००० २५००/,
-
युवा साखे प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७,०००/५,०००/२५००,
-
याल लाखे प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७,०००/५,०००, २५००,
-
झाँकी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७०००/५,०००/३५००,
-
घोडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७,०००/५,०००/२५००,
-
विद्यालयहरुकाे प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार १०,०००/७,०००/५,००० २५००,
-
घोनाई मौलिक नाच प्रतियोगितामा प्रथमलाई मात्र १०,००० दिइने समितिले जनाएकाे छ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...
-
नागार्जुन रिसोर्टको उद्घाटन मंगलबार वनमन्त्री शाहीले गर्ने
काठमाडाैं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । तारकेश्वर नगरपालिकाभित्र...












