उत्तराखण्ड बाढीमा १७ भन्दाबढी नेपाली सम्पर्कविहीन
काठमाडाैं । भारतको उत्तराखण्डमा हालै आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १७ भन्दा बढी नेपाली सम्पर्कविहीन भएका छन्। तीमध्ये जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना, जुम्लाका २ जना र बर्दियाका ४ जना छन्।
गत मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी र बुधबार पौडी गढवालमा पहिरो गएको थियो। स्थानीय तहहरूले यी घटनामा नेपालीहरू परेको आशंका गर्दै नेपाल सरकारलाई खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह र रविन सिंहको मृत्यु भएको छ। पीडित परिवारका सदस्यहरूका भनाइअनुसार अन्य केही मजदुरहरूसँग पनि सम्पर्क हुन सकेको छैन।
जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुमका एक व्यक्ति पनि बेपत्ता छन्। दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, भारतीय प्रहरीबाट अझै औपचारिक जानकारी प्राप्त भएको छैन। धरालीमा २७४ जनाको उद्धार भए पनि सबैको पहिचान भइसकेको छैन।
पौडी गढवालको ग्राम बाकुडा नजिक बुधबार बिहान खसेको पहिरोमा बर्दियाका पाँच जना बेपत्ता भएका छन्। तीमध्ये मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती, २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र मधुवनकै सुवास विक रहेका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












