ताजा समाचार

उत्तराखण्ड बाढीमा १७ भन्दाबढी नेपाली सम्पर्कविहीन

काठमाडाैं । भारतको उत्तराखण्डमा हालै आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १७ भन्दा बढी नेपाली सम्पर्कविहीन भएका छन्। तीमध्ये जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना, जुम्लाका २ जना र बर्दियाका ४ जना छन्।

गत मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी र बुधबार पौडी गढवालमा पहिरो गएको थियो। स्थानीय तहहरूले यी घटनामा नेपालीहरू परेको आशंका गर्दै नेपाल सरकारलाई खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह र रविन सिंहको मृत्यु भएको छ। पीडित परिवारका सदस्यहरूका भनाइअनुसार अन्य केही मजदुरहरूसँग पनि सम्पर्क हुन सकेको छैन।

जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुमका एक व्यक्ति पनि बेपत्ता छन्। दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, भारतीय प्रहरीबाट अझै औपचारिक जानकारी प्राप्त भएको छैन। धरालीमा २७४ जनाको उद्धार भए पनि सबैको पहिचान भइसकेको छैन।

पौडी गढवालको ग्राम बाकुडा नजिक बुधबार बिहान खसेको पहिरोमा बर्दियाका पाँच जना बेपत्ता भएका छन्। तीमध्ये मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती, २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र मधुवनकै सुवास विक रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org