ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासकाे मत लिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासकाे मत लिने भएका छन् ।

गत साउन २० गते बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले साे दिन नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिन लागेका हुन् ।

उनले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसाे ४ बजे प्रदेशसभा बैठक आह्वान गरेकाे प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पाैडेलले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बानियाँ नेपाली कांग्रेसकाे ३७ र नेकपा एमालेकाे २७ गरी ६४ सांसदकाे समर्थनमा १९ साउनमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले २० साउनमा मुख्यमन्त्री नियुक्त गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदकाे समर्थन आवश्यक पर्छ ।

बानियाँलाई मुख्यमन्त्रीमा कायम रहन विश्वासकाे मतमा ५६ जना सांसदकाे समर्थन आवश्यक पर्दछ । बानियाँले विश्वासकाे मत लिएपछि सरकार विस्तार गर्ने उनी निकट सांसदले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org