एएफसी यू-२० कपमा छनोटः उत्तर कोरियासँग ११-० पराजित हुँदै बाहिरियाे नेपाल
काठमाडाैं । एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ। समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलको फराकिलो हारसँगै छनोटबाट बाहिरिएको हो।
थिम्पूमा भएको छनोटमा उत्तर कोरियाले नेपालविरूद्ध उत्कृष्ट खेल्दै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू-२० एसियन कपमा छनोट भएको छ।
यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५-० र घरेलु टोली भुटानलाई १०-० गोलको जित निकालेको थियो। तेस्रो खेलमा नेपालविरूद्ध ११ गोल गरेसँगै उनले तीन खेलमा कुल ३६ गोल गरेर कुनै गाेल नखाइ छनाेट यात्रा पार गरेकाे हाे ।
आजको हारले नेपालको उत्कृष्ट दोस्रो टोली बन्ने सम्भावना पनि सकिएको छ। किनकी अरु समूहको दोस्रो स्थानमा रहेका तीन टोलीले यसअघि नै दुई दुई खेलमा जित निकालेका छन्।
यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दा साउदीविरूद्ध १-० गोलको संघर्षपूर्ण जित निकालेको थियो।
समूहका शीर्ष टोलीले र आठ समूहमा दोस्रो हुने उत्कृष्ट तीन टोली अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा पुग्ने प्रावधान रहेकाे छ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












