ताजा समाचार

टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

काठमाडाैं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो।

राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए।

त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ।

उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ। ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन्।

अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ। टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org