अष्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने
काठमाडौं । अष्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघीय महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन् ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने बताएका थिए । प्यालेस्टाइनी प्राधिकरण (पीए)ले अष्ट्रेलियासँग सेना तथा हतियार घटाउने, आम चुनाव गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने जस्ता प्रतिबद्धता जनाएको प्रधानमन्त्री अल्बानीजले सोमबार बताएका बीबीसीले उल्लेख गरेको छ ।
उनले भने, ‘दुवै देशलाई मान्यता दिनु नै एउटा समाधान हो, मध्य पूर्वमा जारी हिंसालाई समाप्त गर्ने उपाय हो, गाजामा जारी संघर्ष, पीडा र भोकमरीको अन्त्य गर्दै मानवताका लागि आशा जगाउने कुरा हो ।’
गाजामा युद्धविरामका लागि बढ्दो दबाव सामना गरिरहेको इजरायलले भने प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिनु ‘आतंकवादलाई पुरस्कार दिनु सरह’ हुने प्रतिक्रिया दिएको छ ।
शनिबारदेखि सोमबारसम्म नै गाजामा भोकमरी र कुपोषणलाका कारण पाँच जनाको मृत्यु भएको छ । गाजामा सक्रिय विद्रोही समूह हमास समर्थित स्वास्थ्य मन्त्रालयका अनुसार यही दौरान मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।
सन् २०२३ देखि इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ६१ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











