अष्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने
काठमाडौं । अष्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघीय महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन् ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने बताएका थिए । प्यालेस्टाइनी प्राधिकरण (पीए)ले अष्ट्रेलियासँग सेना तथा हतियार घटाउने, आम चुनाव गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने जस्ता प्रतिबद्धता जनाएको प्रधानमन्त्री अल्बानीजले सोमबार बताएका बीबीसीले उल्लेख गरेको छ ।
उनले भने, ‘दुवै देशलाई मान्यता दिनु नै एउटा समाधान हो, मध्य पूर्वमा जारी हिंसालाई समाप्त गर्ने उपाय हो, गाजामा जारी संघर्ष, पीडा र भोकमरीको अन्त्य गर्दै मानवताका लागि आशा जगाउने कुरा हो ।’
गाजामा युद्धविरामका लागि बढ्दो दबाव सामना गरिरहेको इजरायलले भने प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिनु ‘आतंकवादलाई पुरस्कार दिनु सरह’ हुने प्रतिक्रिया दिएको छ ।
शनिबारदेखि सोमबारसम्म नै गाजामा भोकमरी र कुपोषणलाका कारण पाँच जनाको मृत्यु भएको छ । गाजामा सक्रिय विद्रोही समूह हमास समर्थित स्वास्थ्य मन्त्रालयका अनुसार यही दौरान मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।
सन् २०२३ देखि इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ६१ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












