०८४ को निर्वाचनसम्म सत्ता समीकरण परिवर्तन हुँदैन्ः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण रहने दोहोर्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक सम्बोधनका क्रममा उनले नेपाली कांग्रेससँगको सत्ता सहकार्य ०८४ को निर्वाचनसम्म रहने दोहोर्याएका हुन् ।
‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँगमात्रै पनि संसद्मा बहुमत रहेको प्रष्टयाउँदै अन्य दलहरू पनि सरकारमा सहभागी रहेका स्मरण गराए । प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ईंगित गर्दै अस्थिरता चाहनेले बेलाबेला सरकार ढल्ने भनेर हल्ला पिट्ने गरेको टिप्पणी गरे ।
‘प्रमुख दल कांग्रेस र एमलेमात्रैको संसद्मा भारी बहुमत छ । त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ उनले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ला चलाउनु देश, राजनीति र नीतिगत स्थिरताका हुन नसक्ने पनि जिकिर गरे । ‘त्यस्तो अस्थिरताको पक्षपोषण के का लागि हो ?,’ प्रश्न गर्दै प्रधानमन्त्रीलेभ भने, ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन । र, हुन सक्दैन ।’
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












