०८४ को निर्वाचनसम्म सत्ता समीकरण परिवर्तन हुँदैन्ः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण रहने दोहोर्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक सम्बोधनका क्रममा उनले नेपाली कांग्रेससँगको सत्ता सहकार्य ०८४ को निर्वाचनसम्म रहने दोहोर्याएका हुन् ।
‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँगमात्रै पनि संसद्मा बहुमत रहेको प्रष्टयाउँदै अन्य दलहरू पनि सरकारमा सहभागी रहेका स्मरण गराए । प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ईंगित गर्दै अस्थिरता चाहनेले बेलाबेला सरकार ढल्ने भनेर हल्ला पिट्ने गरेको टिप्पणी गरे ।
‘प्रमुख दल कांग्रेस र एमलेमात्रैको संसद्मा भारी बहुमत छ । त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ उनले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ला चलाउनु देश, राजनीति र नीतिगत स्थिरताका हुन नसक्ने पनि जिकिर गरे । ‘त्यस्तो अस्थिरताको पक्षपोषण के का लागि हो ?,’ प्रश्न गर्दै प्रधानमन्त्रीलेभ भने, ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन । र, हुन सक्दैन ।’
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












