ताजा समाचार

अमेरिकाको राष्ट्रिय कर्जा ३७० खर्ब डलरमा उक्लियो

काठमाडाैं । अमेरिकी सरकारको कूल राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको छ । यसले अमेरिकाको बासलातमा ऋण तीव्र गतिमा बढिरहेको अनि करदाताहरूमाथि दबाब बढिरहेको देखाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जारी गरेको एउटा प्रतिवेदनले राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको देखाएको हो ।

कोरोना भाइरसको महामारी अघि प्रक्षेपण गरिएको भन्दा छिटै नै राष्ट्रिय कर्जाले यो स्तर पार गरेको हो । कंग्रेस बजेट अफिसले २०२० को जनवरीमा एउटा प्रक्षेपणमा आर्थिक वर्ष २०३० पछि मात्रै संघीय सरकारको कर्जा ३७० खर्ब डलरमाथि उक्लिने बताएको थियो । २०२० का सुरुमा अमेरिका कोरोना भाइरसको महामारीको चपेटामा परेपछि कर्जाको स्तर ह्वात्तै बढ्यो ।

कोभिडका कारण अमेरिकी अर्थतन्त्रको अधिकांश हिस्सा ‘सट डाउन’ भएका थिए भने तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र त्यसपछिको जो बाइडेनको प्रशासनअन्तर्गतको संघीय सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर पार्न र पुनःबहालीलाई टेवा दिन ठूलो परिमाणमा ऋण लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org