कुलमानको वैकल्पिक नेतृत्वको दाउ, पुग्ला त उनको ह्याउ ?
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्न पुगेपछि वाहवाही कमाएका कुलमान घिसिङले सक्रिय राजनीतिको संकेत गर्दै आएका छन् ।
अमेरिका भ्रमणमा रहेका कुलमानले पुराना दलबाट परिवर्तन सम्भव नरहेको दाबी गर्दै नयाँ दल खोल्ने संकेत गर्दै गर्दा उनलाई देवत्वकरण र दानवीकरण गर्नेहरुको जमातले चासोका साथ हेर्न थालेका छन् ।
उसोतः कुलमान हाल अमेरिकामा भ्रमणमा छन् । त्यहाँ नेपाली समुदायले उनलाई सम्मान समेत गरेको छ । कुलमानले अमेरिकास्थित प्रधुम्न थापाको पहलमा अमेरिकी राजनीतिक वृत्तसँग पनि सम्पर्क विस्तार भएको बुझिन्छ । थापा अमेरिकी विदेश मन्त्रालयको उच्च ओहोदामा कार्यरत छन् ।
थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भान्जा हुन् । थापा राप्रपाका नेता थिए भने उनी राजाको पालामा ५ पटक प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधुम्नका अन्य दुई दाजुभाई भने नेपालमै विभिन्न पेशा व्यवसायमा संलगन रहेको बताइन्छ ।
कुलमानले नेपालमा लोडसेडिङ हटाउन भूमिका खेलेको सावा ब्याज खाइरहेको बेला अन्तराष्ट्रिय रुपमा समेत सक्रियता देखाइरहेका छन् । राजावादी र कांग्रेससंगको निकट सम्बन्धमा रहेका कुलमानलाई धेरैले माओवादी निकट भन्ने गरेका छन् ।
माओवादी केन्द्रमा नारायणकाजी निकट ठानिने कुलमानलाई तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको नेतृतवमा ल्याउनु र लोडसेडिङ हट्ने समय एकै हुनुले उनीमाथि कुशल व्यवस्थापकको छवी बन्ने माैका जुट्यो । तर, कुलमानले आफूलाई नेतृत्वमा ल्याउने माओवादी भन्दा कांग्रेसका महामन्त्री गगन थापासंगको निकटता बढाएको आरोप समेत लाग्ने गरेको पाइन्छ ।
प्राधिकरणलाई कागजी नाफामा लगेका कुलमानलाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी अहिले विदेशमा छनब् । खाडीदेखि अन्य मुलुको भ्रमण गरिसकेका कुलमानले नयाँ राजनीतिक दलको औचित्यबारे कुरा गरिरहेको बेला कतिपयले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुपर्ने भनिरहेका छन भने कतिपयले हर्क-बालेन जस्ता पात्रहरुसंग सहकार्य गर्दै दल खोल्नुपर्ने भनिरहेका छन् । यस्तोमा कुलमानले के गर्छन भन्ने कुरा भने कुलिसकेको छैन् ।
तर, सबैभन्दा सामान्य तर चुनौतीपूर्ण विकल्प भनेको कुलमानले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने हो । उनी बारम्बार अन्तर्वार्तामा ‘एक्लै सांसद वा मन्त्री भएर देश बदल्न सकिँदैन, नेतृत्व नै परिवर्तन हुनुपर्छ’ भन्ने धारणा राख्दै आएका छन् । यसले उनको सोच व्यक्तिगत पदभन्दा पनि प्रणालीगत रूपान्तरणमा केन्द्रित भएको देखाउँछ । यदि उनले नयाँ संगठनात्मक संरचना र नेतृत्व निर्माण गर्न सके भने उनको लोकप्रियतालाई दिगो राजनीतिक पूँजीमा रूपान्तरण गर्न सक्ने टिप्पणी पनि नसुनिएका होइनन् । तर रास्वपाको उपस्थिति आगामी चुनावमा काठमाडौंका प्रमुख बालेन साहले खेल्ने भूमिकाले कुलमानको स्पेश खुम्चयाउन सक्नेछ । कतिपयले कुलमान र बालेन एक भएर दल खोलेमा तरक्की गर्ने विश्लेषण पनि गर्ने गरेका छन् । तर त्यो कठीन भए पनि असम्भव भने छैन ।
उसो त कुलमानले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि विस्तार गर्न थालेका छन् । डेढ महिनाअघि कुलमान भारतको राजनीतिक भेटघाटमा गएका थिए । त्यहाँ उनले भारतीय संस्थापन पक्षका नेताहरूसँग भेटघाट गरेका थिए । त्यसपछि नेपाली समुदायको बाक्लो उपस्थिति भएका खाडी मुलुकहरूमा गएर उनले नेपालीहरूसँग संवाद गरेका थिए ।
कुलमानले के कस्तो विकल्प रोज्लान्, त्यो त समयले नै बताउँला । तर उनी राजनीतिमा होमिने निश्चित भइसकेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












