कुलमानको वैकल्पिक नेतृत्वको दाउ, पुग्ला त उनको ह्याउ ?
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्न पुगेपछि वाहवाही कमाएका कुलमान घिसिङले सक्रिय राजनीतिको संकेत गर्दै आएका छन् ।
अमेरिका भ्रमणमा रहेका कुलमानले पुराना दलबाट परिवर्तन सम्भव नरहेको दाबी गर्दै नयाँ दल खोल्ने संकेत गर्दै गर्दा उनलाई देवत्वकरण र दानवीकरण गर्नेहरुको जमातले चासोका साथ हेर्न थालेका छन् ।
उसोतः कुलमान हाल अमेरिकामा भ्रमणमा छन् । त्यहाँ नेपाली समुदायले उनलाई सम्मान समेत गरेको छ । कुलमानले अमेरिकास्थित प्रधुम्न थापाको पहलमा अमेरिकी राजनीतिक वृत्तसँग पनि सम्पर्क विस्तार भएको बुझिन्छ । थापा अमेरिकी विदेश मन्त्रालयको उच्च ओहोदामा कार्यरत छन् ।
थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भान्जा हुन् । थापा राप्रपाका नेता थिए भने उनी राजाको पालामा ५ पटक प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधुम्नका अन्य दुई दाजुभाई भने नेपालमै विभिन्न पेशा व्यवसायमा संलगन रहेको बताइन्छ ।
कुलमानले नेपालमा लोडसेडिङ हटाउन भूमिका खेलेको सावा ब्याज खाइरहेको बेला अन्तराष्ट्रिय रुपमा समेत सक्रियता देखाइरहेका छन् । राजावादी र कांग्रेससंगको निकट सम्बन्धमा रहेका कुलमानलाई धेरैले माओवादी निकट भन्ने गरेका छन् ।
माओवादी केन्द्रमा नारायणकाजी निकट ठानिने कुलमानलाई तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको नेतृतवमा ल्याउनु र लोडसेडिङ हट्ने समय एकै हुनुले उनीमाथि कुशल व्यवस्थापकको छवी बन्ने माैका जुट्यो । तर, कुलमानले आफूलाई नेतृत्वमा ल्याउने माओवादी भन्दा कांग्रेसका महामन्त्री गगन थापासंगको निकटता बढाएको आरोप समेत लाग्ने गरेको पाइन्छ ।
प्राधिकरणलाई कागजी नाफामा लगेका कुलमानलाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी अहिले विदेशमा छनब् । खाडीदेखि अन्य मुलुको भ्रमण गरिसकेका कुलमानले नयाँ राजनीतिक दलको औचित्यबारे कुरा गरिरहेको बेला कतिपयले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुपर्ने भनिरहेका छन भने कतिपयले हर्क-बालेन जस्ता पात्रहरुसंग सहकार्य गर्दै दल खोल्नुपर्ने भनिरहेका छन् । यस्तोमा कुलमानले के गर्छन भन्ने कुरा भने कुलिसकेको छैन् ।
तर, सबैभन्दा सामान्य तर चुनौतीपूर्ण विकल्प भनेको कुलमानले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने हो । उनी बारम्बार अन्तर्वार्तामा ‘एक्लै सांसद वा मन्त्री भएर देश बदल्न सकिँदैन, नेतृत्व नै परिवर्तन हुनुपर्छ’ भन्ने धारणा राख्दै आएका छन् । यसले उनको सोच व्यक्तिगत पदभन्दा पनि प्रणालीगत रूपान्तरणमा केन्द्रित भएको देखाउँछ । यदि उनले नयाँ संगठनात्मक संरचना र नेतृत्व निर्माण गर्न सके भने उनको लोकप्रियतालाई दिगो राजनीतिक पूँजीमा रूपान्तरण गर्न सक्ने टिप्पणी पनि नसुनिएका होइनन् । तर रास्वपाको उपस्थिति आगामी चुनावमा काठमाडौंका प्रमुख बालेन साहले खेल्ने भूमिकाले कुलमानको स्पेश खुम्चयाउन सक्नेछ । कतिपयले कुलमान र बालेन एक भएर दल खोलेमा तरक्की गर्ने विश्लेषण पनि गर्ने गरेका छन् । तर त्यो कठीन भए पनि असम्भव भने छैन ।
उसो त कुलमानले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि विस्तार गर्न थालेका छन् । डेढ महिनाअघि कुलमान भारतको राजनीतिक भेटघाटमा गएका थिए । त्यहाँ उनले भारतीय संस्थापन पक्षका नेताहरूसँग भेटघाट गरेका थिए । त्यसपछि नेपाली समुदायको बाक्लो उपस्थिति भएका खाडी मुलुकहरूमा गएर उनले नेपालीहरूसँग संवाद गरेका थिए ।
कुलमानले के कस्तो विकल्प रोज्लान्, त्यो त समयले नै बताउँला । तर उनी राजनीतिमा होमिने निश्चित भइसकेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











