किमाथांका नाकामा नेपाल–चीन सीमास्तम्भको निरीक्षण
किमाथाङ्का (सङ्खुवासभा): सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बिओपी र चिनीयाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्मचैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका सीमास्तम्भको निरीक्षण गरेको हो । टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका पाँच सीमास्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्काका इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात, चीनको स्वशासित क्षेत्र तिब्बतका प्रहरी नायब उपरीक्षक दावा छिरिङको नेतृत्वमा आठ तथा नेपाल प्रहरीका चार सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले सीमास्तम्भ निरीक्षण गरेको हो । संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६६, ६७, ६८\२, ६९\१ र ६९\२ नम्बरका सीमास्तम्भ, सीमाको अवस्थालगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।
सङ्खुवासभामा नेपाल–चीन सीमामा २१ सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीन अन्तरराष्ट्रिय सीमास्तम्भ निकै पुरानो भएको बताइएको छ । गत जेठमा आएको बाढीले ७१\१ को सीमास्तम्भ बगाएको थियो । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षापोष्ट बिओपी स्थापना भएको हो ।
भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङखोलामा बाढीले बगाएको ७१\१ सीमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजार बासिन्दाको बसोबास रहेको छ । उनीहरु सीमापारिको चाँगाबजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्दछ । यहाँ अझै पनि सडक सुविधा छैन ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












