‘नाडा अटो शो’ झन्डै ४८ हजारले गरे अवलोकन
काठमाडाैं । भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो’ मा दुई दिनको अवधीमा झन्डै ४८ हजार जनाले अवलोकन गरेका छन् । पहिलो दिन अस्ति १९ हजार सात सय र दोस्रो दिन हिजो २८ हजार नौ सय जनाले अवलोकन गरेको आयोजक नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ ।
शो मा विशेषगरी ‘उड्ने ट्याक्सी’ हेर्नेहरुको भीड देखिएको छ । शो अवधिभर एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शो हरेक दिन बिहान साँढे १० बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
शो मा बैङ्कहरुले सस्तो ब्याजदरमा गाडी किन्न कर्जा दिने गरी नयाँ योजना सार्वजनिक गरेका छन् । शो लाई लक्षित गरेर वाणिज्य बैङ्कहरुबीच अटो कर्जाको ब्याजदर सस्तो बनाउन प्रतिष्पर्धा देखिएको छ ।
२० मध्ये सात वटा वाणिज्य बैङ्कले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन् । अटो कर्जाको ब्याजदर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेको छ ।
शो मा विभिन्न कम्पनीहरूले प्रदर्शनी स्थलमा नयाँ–नयाँ कारलगायत गाडी सार्वजनिक गरेका छन् । कम्पनीहरूले अटो शो लक्षित गरी आकर्षक मूल्य तोकेका छन् ।
मेलामा राखिएका मोटरसाइकल र स्कुटरले युवाको ध्यान तानेको छ । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रेको ‘ब्राण्ड’, १३ हलुका गाडीका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे गाडीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आ–आफ्ना उत्पादन राखेका छन् । शो आउँदो आइतवारसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












