‘नाडा अटो शो’ झन्डै ४८ हजारले गरे अवलोकन
काठमाडाैं । भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो’ मा दुई दिनको अवधीमा झन्डै ४८ हजार जनाले अवलोकन गरेका छन् । पहिलो दिन अस्ति १९ हजार सात सय र दोस्रो दिन हिजो २८ हजार नौ सय जनाले अवलोकन गरेको आयोजक नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ ।
शो मा विशेषगरी ‘उड्ने ट्याक्सी’ हेर्नेहरुको भीड देखिएको छ । शो अवधिभर एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शो हरेक दिन बिहान साँढे १० बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
शो मा बैङ्कहरुले सस्तो ब्याजदरमा गाडी किन्न कर्जा दिने गरी नयाँ योजना सार्वजनिक गरेका छन् । शो लाई लक्षित गरेर वाणिज्य बैङ्कहरुबीच अटो कर्जाको ब्याजदर सस्तो बनाउन प्रतिष्पर्धा देखिएको छ ।
२० मध्ये सात वटा वाणिज्य बैङ्कले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन् । अटो कर्जाको ब्याजदर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेको छ ।
शो मा विभिन्न कम्पनीहरूले प्रदर्शनी स्थलमा नयाँ–नयाँ कारलगायत गाडी सार्वजनिक गरेका छन् । कम्पनीहरूले अटो शो लक्षित गरी आकर्षक मूल्य तोकेका छन् ।
मेलामा राखिएका मोटरसाइकल र स्कुटरले युवाको ध्यान तानेको छ । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रेको ‘ब्राण्ड’, १३ हलुका गाडीका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे गाडीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आ–आफ्ना उत्पादन राखेका छन् । शो आउँदो आइतवारसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











