चितवनमा जापानी इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
काठमाडाैं । चितवनमा जापानी इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिकाका २ , कालिका नगरपालिका र राप्तीमा एक/एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्ष देखी ८१ वर्षसम्मका छन् ।
चितवनमा साउन यता १३ जापानी इन्सेफ्लाईटिसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताउनुभयो । बालबालिका पनि उच्च जोखिम रहेको भए पनि १५ वर्षमुनिका दुई जना मात्र सङ्क्रमित छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एकै वडा वा सँगैका वडामा दुई वटा सङ्क्रमित भेटिए महामारी भनिन्छ । यस अनुसार भरतपुर , खैरहनी र कालिका नग।पालिका परेका छन् । यो वर्ष नेपालमा १३ जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले सर्तकताका लागि सबै पालिकालाई आग्रह गरिएको बताए । कुनै लक्षण देखिना साथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार प्रक्रिया सुरु गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











