चितवनमा जापानी इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
काठमाडाैं । चितवनमा जापानी इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिकाका २ , कालिका नगरपालिका र राप्तीमा एक/एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्ष देखी ८१ वर्षसम्मका छन् ।
चितवनमा साउन यता १३ जापानी इन्सेफ्लाईटिसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताउनुभयो । बालबालिका पनि उच्च जोखिम रहेको भए पनि १५ वर्षमुनिका दुई जना मात्र सङ्क्रमित छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एकै वडा वा सँगैका वडामा दुई वटा सङ्क्रमित भेटिए महामारी भनिन्छ । यस अनुसार भरतपुर , खैरहनी र कालिका नग।पालिका परेका छन् । यो वर्ष नेपालमा १३ जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले सर्तकताका लागि सबै पालिकालाई आग्रह गरिएको बताए । कुनै लक्षण देखिना साथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार प्रक्रिया सुरु गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












