ताजा समाचार

जसपाले दुई मन्त्रीलाई फिर्ता बोलाउने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो।

उनीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझाइएको छ । तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउन आलटाल गरेको भन्दै जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।

त्यस्तै, जसपाले यादव र सुडीको ठाउँमा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org