सिडेन निर्वाचनः महासचिवमा कुलराज खनाल लड्दै, अध्यक्षमा झा र केसीको प्रतिस्पर्धा
काठमाडौं । ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सिडेन) को आठौँ कार्यसमितिको महासचिव पदका लागि इन्जिनियर कुलराज खनालले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनको महासचिव पदका लागि प्यानल बेगर खनालले उम्मेदवारी दिएका हुन् ।
महासचिवका उम्मेद्वार खनालले सिडेनलाई गुटगत स्वार्थभन्दा माथि उठाई लोकतान्त्रिक इन्जिनियरहरूको साझा संस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । हाल सिडेन विभिन्न स्वार्थ समूहमा विभाजित भई अग्रज इन्जिनियरहरूको योगदानलाई उपेक्षा गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै आफू विजयी भएमा त्यसको अन्त्य गर्ने खनालले प्रतिबद्धता जनाएका छन् । “संगठनलाई व्यक्तिगत स्वार्थपूर्ति र अपारदर्शी नियुक्तिको थलो बनाइएको छ, यो सिलसिला यसै पटकबाट अन्त्य हुन्छ,” खनालले सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रष्ट पारे ।
नेता प्रधान नभई नीति प्रधान सिडेन अबको आवश्यकता भएको बताउँदै उनले समुहगत राजनीतिभन्दा माथि उठेर संस्थागत हकहितको संरक्षण र प्रवर्द्धन गर्ने अठोट गरेका छन् । साथै, सदस्यता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने तथा अन्य दलसँग आबद्ध व्यक्तिहरुलाई सदस्यता बाँडेर संस्थालाई कमजोर पार्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) मा पनि आसेपासे मात्रलाई सिफारिस गर्ने प्रवृत्तिको विरुद्ध खनालले आफ्नाे उम्मेदवारीलाई न्यायोचित विकल्पका रूपमा प्रस्तुत गरेका छन् । उनले दुःख गरेर संगठन विस्तारमा योगदान दिएका इन्जिनियरहरुलाई नेतृत्वमा ल्याउने वातावरण बनाउने उल्लेख गरेका छन् ।
काठमाडौं इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी युनियन सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका खनाल नेविसंघ स्ववियु सभापतिमा अत्यधिक मतका साथ विजयी भएका व्यक्ति हुन् । उनी प्रविधिक विद्यार्थी परिषद्का केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघका निर्वाचित केन्द्रीय सदस्य तथा सिडेन लुम्बिनी प्रदेशका संस्थापक सचिवसमेत भइसकेका छन् ।
“गुटगत राजनीतिमा नरमाउने तर योगदान गर्ने सबैलाई समेट्ने वातावरण बनाउने मेरो अठोट हो,” उनले भने । खनालले आगामी निर्वाचनमा आफूलाई केन्द्रीय महासचिव पदमा निर्वाचित गराउन सम्पूर्ण लोकतान्त्रिक इन्जिनियरलाई एकजुट हुन अपिल गरेका छन् ।
आगामी नेतृत्वका लागि सिडेनमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । तर इन्जिनियर खनालले भने महासचिव पदमा प्यानल बेगर आफ्नो उम्मेदवारी दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको नेतृत्वमा प्यानल बनाइएको छ। यस्तै अर्को प्यानलबाट धनेन्द्र केसी अध्यक्षको उम्मेदवार बनेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












