ताजा समाचार

आशीर्वाद लिन नख्खु कारागार पुगिन् रवि पत्नि निकिता

काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपा सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाइ भेट्न पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् ।

आज तीजको व्रत बसेकी निकिता फलफूल बोकेर पतिको आशीर्वाद लिन जेल गएकी हुन् ।

निकिताले हिजोमात्र रविलाई जमानतमा छोड्नुपर्ने माग लिएर उच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् ।

रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो श्रीमान् जेलभित्र सुरक्षित नरहेको बताएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org