भन्सार विभागबाट ५३ जना अधिकृतको सरुवा, महानिर्देशक भण्डारीको सन्तुलित प्रयास प्रशंसनीय
काठमाडौं । भन्सार विभागले आफू मातहतका ५३ जना अधिकृतहरुको काज सरुवा गरेको छ । देशका विभिन्न भन्सार कार्यालयहरुमा तत्कालका लागि काज सरुवा गरिएको हो । असोज लागेपछि उनीहरुको काजलाई सरुवामा कन्भर्ट गरिने भएको छ ।
श्याम भण्डारीले भन्सार विभागमा महानिर्देशक पदको जिम्मेवारी सम्हाल्नेवित्तिकै सुधारका संकेतहरु देखिन थालेका छन् । अहिले ५३ जनाको काज सरुवा गर्दा एकचोटी काम गरिसकेको ठाउँमा पुनः त्यो कार्यालयमा नपठाउने र अवधि नुपुगेकालाई सरुवा नगर्ने निती नै भन्सार कर्मचारी व्यवस्थापनमा सुधारको संकेतका रुपमा देखिएको छ ।
महानिर्देशक भण्डारीको सन्तुलित सरुवाको प्रयास भन्सार वृत्तमा प्रशंसनीय काम देखिएको छ । संतुलित किसिमले सरुवा गर्नु भएछ नि भन्ने न्यूज नेपालको प्रश्नमा भण्डारीले भने, “सिस्टममा काम गर्ने प्रयास गरिएको छ । सिस्टम मिलाएर टिममा काम गरेपछि समस्या हुँदैन ।” हरेक काम टिममा गरेपछि काम सहज, प्रभावकारी, परिणाममुखी र सन्तुलित हृुने भण्डारीको विश्वास छ ।
भण्डारीको टीममा उनीसँगै सरुवा भएर आएका उपमहानिर्देशक भरतमणि पाण्डे र पहिलेदेखि कार्यरत अमृत लम्साल उपमहानिर्देशकका रुपमा कार्यरत छन् । महानिर्देशक भण्डारीसहित तीनजनाको समूहले भन्सार क्षेत्रमा उल्लेखनीय सुधार गर्ने संकेत देखिएको छ । ५३ जनाको सरुवा गर्दा भण्डारीले केही व्यक्तिहरुको समूहलाई हालीमुहाली गर्न दिएनन् । यस्तै विगतमा डीजीहरुलाई धम्क्याउँदै गलत काम गर्न बाध्य बनाउने समूहसँग हालका डीजी भण्डारी असहमत भएपछि पद्धति बिर्गादै गैरकानुनी चलखेल गर्ने समूहलाई छटपटि भएको छ ।
हालका महानिर्देशक भण्डारीसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयको विभिन्न महाशाखा, प्रदेशको अर्थसचिवलगायत निकायमा काम गरेको अनुभव छ । गहन अनुभवका कारण पनि महानिर्देशक भण्डारी कसैको उक्साहटमा नलागिकन भन्सारको कानुनअनुसार चल्ने देखिन्छ । उपनिर्देशक पाण्डे पनि भैरहवा, कास्की र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका व्यक्ति हुन् । पाण्डेको अनुभव पनि विभागले गर्ने कामका लागि प्रभावकारी हुने विश्वास गरिएको छ ।
भन्सार विभागको मिति २०८२\०५\११ गतेको निर्णय बमोजिम विभागअन्तर्गत
राजस्व समूह, रा.प. तृतीय श्रेणीका कर्मचारीहरुलाई काजमा खटाइएको विवरणः
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











