‘हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ, लिपुलेक हाम्रो भूमी हाे सम्झाउन नबिर्सनु होला’ : बालेन शाह
काठमाडौं । चीनमा अायाेजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन् चीन प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले शुभकामना व्यक्त गरेको छन् ।
चीनीयाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा पाँच दिने भ्रमणका लागि आज(शनिबार) बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ उडेका प्रधानमन्त्रीलाई महानगर प्रमुखले सामाजिक सञ्जाल फेसबुक मार्फत भ्रमणको शुभकामना व्यक्त गरेका हुन् ।
त्यस्तै, बालेनले प्रधानमन्त्री माथि पूर्णविश्वास भएको पनि बताएका छन् । उनले लेखेका छन् ‘All the best’ हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ । लिपुलेक नेपाली भूमि हो चीनलाई सम्झाउन नबिर्सनु होला ।’
त्यस्तै, मेयर बालेनले नेपाली भूमी लिपुलेकबाट व्यापार लगायतका आवतजावत सहितका काम गर्न चीन र भारतले समझदारी गरेको र यो नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण भएको उल्लेख गरेका छन् ।
सन्देशमा बालेनले लेखेका छन्,‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











