ताजा समाचार

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेकाे सचिवालय बैठक आज बस्दै छ ।

काठमाडौंमा हुन लागेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवायको बैठक आज अपराह्न ३ः०० बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org