ताजा समाचार

हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !

काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै सूचीकृत भइसकेको हाम्रो पात्रोलाई पुनः सक्रिय गराउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्ने कार्य अघि बढाइएको थियो ।

सरकारले मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालाई निश्क्रिय गर्ने क्रममा बिहीबार हाम्रो पात्रोलाई पनि निष्क्रिय गरेपछि स्मार्ट आइडियाज प्रालीले सञ्चालन गरेको हाम्रो पात्रोले शुक्रबार सूचीकरणका लागि निवेदन दिएपछि सूचीकृत भएपछि सञ्चालनका लागि अनुमति दिन प्राधिकरणलाई पत्राचार गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org