व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको छ !
काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल र नेपालीको सुदुर भबिष्यका बारेमा सोच्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखको छन्, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृतीहरुका बारेमा नागरिक तहमा प्रश्नहरु उठ्नु, त्यसप्रति असहमती जाहेर हुनु, खबरदारी गर्नु, बिरोध वा आलोचना हुनु वा सरकारप्रति नै अरुची प्रकट भइ नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो ।
तर, लोकतान्त्रिक हकको उपयोग गर्दैगर्दा न्युनतम कर्तब्य, जिम्वेबारी र राष्ट्रप्रतिको जवाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्ने उनको भनाइ रहेको छ ।
‘निरंकुशता र अधिनायकवादका बिरुद्ध लोकतन्त्रका लागी जिवनभर लडेका राजनितिक दलहरु र नेतृत्वका लागी सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरु होइनन, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने बिषयहरु हुन’ उनले लेखेका छन्।
मुख्य वा महत्वको कुरा मुलुकको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा तथा संवैधानिक प्रबन्धहरुको जिवन्तता भएको उनले बताएका छन् ।
संसदबाट लोकतान्त्रिक बिधिमार्फत बनेको सरकारले जेनजी पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्ग प्रसस्त गरिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसदको अंकगणित बमोजिम सरकार निर्माण हुने र बिघटन हुने बिषय स्वभाबिक र नियमित प्रकृया नै हो ।’
संसदले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्ने उनको आग्रह छ । यसको पहल र समन्वय राष्ट्रपतिबाट शिघ्रातिशिघ्र हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘मुलुकमा सिर्जना हुने हरेक राजनितिक घटना र प्रश्नहरुको निरुपण तथा समस्याको वैध र सर्वस्विकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।’
क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालिन सोचबाट नभएर देशको संविधान, मुलुकले अवलम्बन गरिरहेको ब्यवस्था र प्रणाली बाट मात्रै देशको सुन्दर भबिष्य निर्माण गर्न सकिने उनको विश्वास छ ।
‘यसबाट मात्रै हाम्रो अग्रजहरुले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधिनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौ’ उनले भनेका छन् ।
तर, व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको उनको भनाइ छ ।
‘यतिबेला हामी र हाम्रो राष्ट्रकाबिरुद्ध संविधान, ब्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरि भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्ने तर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदुर भबिष्यका बारेमा सोचौं’ उनले लेखेका छन्, ‘इगोका आधारमा आफ्ना आफ्ना नीजि मामिलाहरुका बारेमा होइन ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












