ताजा समाचार

‘मोदीजीको कार्यशैलीबाट म प्रभावित छु’चर्चामा रहेकी कार्कीकाे भारतलाई बयान !

काठमाडौं । नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठनको पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने चर्चा हुँदै चलिरहेको छ ।

यसैबिच, नेपाली सेना र कार्की सहिज आन्दोलनसहित बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की नेपालदेखि भारतसम्मका सञ्चारमाध्यमलाई अन्तर्वार्ता बाहिरिएको छ । जसले उनलाई प्रधानमन्त्री पदको कुर्सीमा बस्नुअघि नै भारतको मतियार बनेको र राष्ट्रघात गरेको जस्ता आरोप लाग्न थालेका छन् ।

उनले एक अन्तर्वातार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् । उनले बुधबार एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेकी छन् । उनले आफू मोदीसँग धेरै नै राम्रोसँग प्रभावित भएको पनि बताएकी छन् ।

‘म भारतलाई धेरै सम्मान र माया गर्छु । मोदीजीको कार्यशैलीबाट म प्रभावित छु’, कार्कीले भर्चुअल अन्तर्वार्तामा भनेकी छन्, ‘भारतले नेपाललाई धेरै सहयोग गरेको छ । अहिले नेपालको अवस्था कठिन छ । हामी नेपालको विकासको लागि काम गर्नेछौँ । हामी देशको लागि नयाँ सुरुवात गर्नेछौँ ।’

कार्कीले उक्त अन्तर्वार्तामा नयाँ जिम्मेवारी लिन तयार रहेको पनि बताएकी छन् । नेपालमा सोमबार र मंगलबार भएको उथलपुथलपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको जेनजी समूहले केही समयका लागि आफूलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेको उनले बताएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org