ताजा समाचार

सरकारले जेनजी आन्दोलनमा मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौँ । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै, प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत प्रदान गरिने भएको छ ।

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै यस सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । साथै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org