जेनजी पुस्ताको मागअनुसार विभागले काम गर्छः महानिर्देशक भट्टराई
काठमाडाैं । वैदेशिक रोजगार विभागले भ्रष्टाचारविरोधि जेनजी पुस्ताको माग बमोजिम कार्यसम्पादन गर्ने गरि टिम निर्माण थालेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागलाई जेनजी पुस्ताको स्पिरिटअनुसार काम गर्ने गरि अघि बढाउनका लागि आवश्यक तयारी थालेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।
वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिमा क्रान्ति नै ल्याएका भट्टराईले विभागको छवीलाई उच्च बनाउनका लागि अधिकतम प्रयास गरिरहेको बेला विभागको कामलाई जेनजी पुस्तासंग जोड्ने गरि अघि बढ्ने तयारीलाई तीब्रता दिएका हुन् ।
‘जेनजीको विचार, ताैर तरिका नयाँ हुनसक्छ । युवा पुस्ताका माग र सोच फरक नै हुन्छन् । यस्तो कुरालाई पनि साथमा लिएर सेवा दिने गरि अघि बढ्ने तयारी चलिरहेको छ ।’ महानिर्देशक भट्टराईले न्यूज नेपालले भने ।
‘तीनवटा ब्लकमध्ये एउटा ब्लक पूर्णतः ध्वस्त बनेको छ । दुईवटा ब्लकबाट हामीले काम थालिसकेका छाैं । आगजनीबाट क्षति भएपनि सेवा अवरुद्ध नहुने गरि काम चलिरहेको छ । आगामी दिनमा प्रविधि र शैलीमा पनि चुस्तता लिने गरि काम थालिएको छ ।’ महानिर्देशक भट्टराईले उच्च मनोबलका साथ न्यूज नेपालसंग भने ।
यो पनि पढ्नुहोसः वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिने कुरा नै नमिल्दो छः महानिर्देशक भट्टराई
वैदेशिक रोजगार विभाग अहिले शुशासन र जनतको सेवामा अग्रणी सरकारी संस्थामा परिणत हुँदै गएको छ । महानिर्देशक भट्टराईलर जिम्मेवारी सम्हालेदेखि कर्मचारीहरु समेत काममा केन्द्रित हुने गरेका छन् ।
सेवाग्राहीलाई केन्द्रमा राखेर अघि बढेको विभागले युवाहरुको श्रम गन्तव्यदेखि श्रम शोषण, ठगी, समस्याको सुनुवाई जस्ता कामहरु गरिरहेकाले पनि विश्वास बढ्दै गएको स्थिति छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












