जेनजी पुस्ताको मागअनुसार विभागले काम गर्छः महानिर्देशक भट्टराई
काठमाडाैं । वैदेशिक रोजगार विभागले भ्रष्टाचारविरोधि जेनजी पुस्ताको माग बमोजिम कार्यसम्पादन गर्ने गरि टिम निर्माण थालेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागलाई जेनजी पुस्ताको स्पिरिटअनुसार काम गर्ने गरि अघि बढाउनका लागि आवश्यक तयारी थालेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।
वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिमा क्रान्ति नै ल्याएका भट्टराईले विभागको छवीलाई उच्च बनाउनका लागि अधिकतम प्रयास गरिरहेको बेला विभागको कामलाई जेनजी पुस्तासंग जोड्ने गरि अघि बढ्ने तयारीलाई तीब्रता दिएका हुन् ।
‘जेनजीको विचार, ताैर तरिका नयाँ हुनसक्छ । युवा पुस्ताका माग र सोच फरक नै हुन्छन् । यस्तो कुरालाई पनि साथमा लिएर सेवा दिने गरि अघि बढ्ने तयारी चलिरहेको छ ।’ महानिर्देशक भट्टराईले न्यूज नेपालले भने ।
‘तीनवटा ब्लकमध्ये एउटा ब्लक पूर्णतः ध्वस्त बनेको छ । दुईवटा ब्लकबाट हामीले काम थालिसकेका छाैं । आगजनीबाट क्षति भएपनि सेवा अवरुद्ध नहुने गरि काम चलिरहेको छ । आगामी दिनमा प्रविधि र शैलीमा पनि चुस्तता लिने गरि काम थालिएको छ ।’ महानिर्देशक भट्टराईले उच्च मनोबलका साथ न्यूज नेपालसंग भने ।
यो पनि पढ्नुहोसः वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिने कुरा नै नमिल्दो छः महानिर्देशक भट्टराई
वैदेशिक रोजगार विभाग अहिले शुशासन र जनतको सेवामा अग्रणी सरकारी संस्थामा परिणत हुँदै गएको छ । महानिर्देशक भट्टराईलर जिम्मेवारी सम्हालेदेखि कर्मचारीहरु समेत काममा केन्द्रित हुने गरेका छन् ।
सेवाग्राहीलाई केन्द्रमा राखेर अघि बढेको विभागले युवाहरुको श्रम गन्तव्यदेखि श्रम शोषण, ठगी, समस्याको सुनुवाई जस्ता कामहरु गरिरहेकाले पनि विश्वास बढ्दै गएको स्थिति छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












