सिंहदरबार र आसपासमा कति जलाइए सरकारी गाडी ?
काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ । विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् ।
आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको आर्थिक नोक्सानिको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरुले बताएका छन् ।
सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरणमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रेस सवारी साधनहरु नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।
यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।
भदौ २३ गते जेनजी युवाको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरुले सडकमा सरकारी गाडी असुरक्षित हुन सक्ने भन्दै कार्यालय परिसरमै पार्किङमा राख्न भनेका थिए । तर भदौ २४ गते आन्दोलन थप हिंसात्मक बन्दै सिंहदरबार परिसर भित्र र बाहिरका सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसक्रममा चारपांग्रे र दुई पांग्रे सवारी साधनहरु पनि जलेका थिए । जलेका गाडीहरु अहिले पनि सरकारी कार्यालय परिसरमा देखिन्छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











