ताजा समाचार

महानिर्देशक मण्डलले गरे आगामी निर्वाचनसम्म आधा तलव शहीद सहयोग कोषमा दिने घोषणा

काठमाडाैं । ऊर्जा मन्त्री कुलमान घिसिङले भदौ २० गते पदभार सम्हाल्ने क्रममा कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण तलब तथा भत्ता शहीद सहयोग कोषमा दिने घोषणा गरेका थिए । मन्त्री घिसिङको यो कदमबाट प्रेरित भई विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि सोही दिन विभागीय कर्मचारीहरूको भेलामा आगामी निर्वाचनसम्म आफ्नो मासिक तलबको ५० प्रतिशत उक्त कोषमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

मण्डलले सहकर्मीलाई पनि यस अभियानमा जोडिन आग्रह गर्दै भने, “शहीदको सम्मानका लागि मैले आधा तलब कोषमा दिने निर्णय गरेको हुँ। मन्त्रीज्यूको कदमले अन्य कर्मचारीलाई समेत प्रेरणा दिन्छ भन्ने विश्वासका साथ यो पहल गरेको हुँ।”

सहयोग गर्न चाहने कर्मचारीलाई विभागको लेखा शाखामा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले अर्थमन्त्री रहँदा रामेश्वर खनालले आफ्नो तलब तथा भत्ता नलिने घोषणा गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org