‘चिनको सिन्जियाङद्वारा सबै क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल’
स्थायित्वबाट सुशासनतर्फको ऐतिहासिक रूपान्तरण हासिल
बेइजिङ । चीनको उत्तर पश्चिममा रहेको सिन्जियाङ युगुर स्वायत्त क्षेत्र यतिखेर इतिहासकै उत्कृष्ट विकासकालमा पुगेको छ । चिनियाँ राज्य परिषद् सूचना कार्यालयले शुक्रबार बेइजिङमा जारी गरेको श्वेतपत्रमा उक्त दाबी गरिएको छ ।
‘नयाँ युगमा सिन्जियाङ शासनका लागि चिनियाँ कम्युनिस्ट पार्टीका निर्देशनः अभ्यास र उपलब्धी’ शीर्षकको श्वेतपत्रमा पछिल्लो सात दशकमा कानुनी शासन, जातीय एकताको माध्यमबाट स्थायित्व, सांस्कृतिक पहिचान सुदृढीकरण, जनसमृद्धि र दीर्घकालीन विकास रणनीतिले उक्त स्वायत क्षेत्रलाई नयाँ आयाममा पुर्याएको उल्लेख छ । यो वर्ष सिन्जियाङ युगुर स्वायत्त क्षेत्र स्थापनाको ७०औं वार्षिकोत्सव मनाइएको छ ।
पछिल्ला वर्षको योगदानले सिन्जियाङामा अभूतपूर्व आर्थिक–सामाजिक विकास, जनजीवनस्तरमा उल्लेखनीय सुधार र प्राप्ति, खुशी तथा सुरक्षाको अनुभूति बढाएको श्वेतपमा उल्लेख छ । यसैगरी यो अवधिमा उक्त क्षेत्रले अराजकताबाट स्थायित्वतर्फ र स्थायित्वबाट सुशासनतर्फको ऐतिहासिक रूपान्तरण हासिल गरेको चीन सरकारको निश्कर्ष छ ।
सन् २०१२ यता चीनको केन्द्र सरकारले सिन्जियाङका लागि पाँच खर्ब ६२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराएको छ । सन् २०२४ मा मात्रै पाँच खर्ब ४३ अर्ब ४८ करोड युआन बेइजिङले प्रदान गरेको श्वेतपत्रमा उल्लेख छ । उता सिन्जियाङले आफ्नो क्षेत्रीय खुलापन रणनीतिलाई चीनको पश्चिममुखी समग्र खुलापन योजनासँग जोड्दै मध्य एसिया र युरेसिया क्षेत्र पार गर्ने स्वर्णिम मार्ग र पश्चिमतर्फको प्रवेशद्वार बनाउने लक्ष्य राखेको बताइन्छ । त्यसैगरी पूर्वाधारमा उल्लेखनीय सुधार भएको छ ।
सन् २०२४ सम्म रेलमार्ग नौ हजार २०२ किलोमिटर, राजमार्ग सञ्जाल दुई लाख ३० हजार किलोमिटर पुगेको छ भने आन्तरिक तथा वाह्य हवाई रुट ५९५ पुगेको छ । तीमध्ये उक्त क्षेत्रबाट २५ वटा अन्तर्राष्ट्रिय हवाई मार्ग जोडिएका छन् । प्राकृतिक स्रोत र औद्योगिक क्षमतामा आधारित आधुनिक औद्योगिक प्रणाली विकास गर्ने कार्य पनि तीव्र रुपमा अघि बढाइएको छ। लगातार ३२ वर्षदेखि सिन्जियाङ चीनको सबैभन्दा ठूलो कपास उत्पादक क्षेत्र बन्दै आएको छ । कपास खेतीमा ९७ प्रतिशत कार्य मेशिन र प्रविधिबाट हुने गरेको छ ।
श्वेतपत्रअनुसार सिन्जियाङले जनस्वास्थ्य प्रवद्र्धनको यसअघिको नीतिमा व्यापक सुधार गरेको छ। त्यहाँका स्थानीयको औसत आयु सन् १९४९ मा रहेको ३० वर्षबाट बढेर २०२४ मा ७७ वर्ष पुगेको छ । चीनले उक्त क्षेत्रमा स्थानीय जातीय भाषाको प्रयोग र अध्ययन अधिकारलाई सम्मान र संरक्षण गरेको छ। धार्मिक मामिलालाई कानुनअनुसार व्यवस्थापन गरिएको, धार्मिक संस्थाहरूलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न दिइएको र समाजवादसँग अनुकूल बनाउन मार्गदर्शन गरिएको पनि श्वेतपत्रमा लेखिएको छ ।
सांस्कृतिक सम्पदा संरक्षणमा पनि सिन्जियाङ अगाडि बढेको पाइन्छ। क्षेत्रीय सांस्कृतिक सम्पदा संरक्षणका लागि कैयौं योजना बनाइएको छ भने कानुनी सुनिश्चिततालाई बलियो बनाउन स्थानीय निमय, कानुन र नियमावली एकपछि अर्को जारी गरिएको जनाइएको छ। साथै, तकलामाकान मरुभूमिको छेउमा सयौं वर्षदेखि कायम रहेको मरुभूमीकरण नियन्त्रणका प्रयासलाई पछिल्लो केही वर्षदेखि सशक्त बनाइएको छ । तीन हजार ४६ किलोमिटर लामो ‘ग्रीन बेल्ट’ अर्थात् जंगलले सम्पूर्ण मरुभूमीलाई घेरिएको छ । यो विश्वकै सबैभन्दा लामो बालुवा र मरुभूमि नियन्त्रणका लागि तयार पारिएको ‘ग्रीन बेल्ट’ हो ।

Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











