‘चिनको सिन्जियाङद्वारा सबै क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल’
स्थायित्वबाट सुशासनतर्फको ऐतिहासिक रूपान्तरण हासिल
बेइजिङ । चीनको उत्तर पश्चिममा रहेको सिन्जियाङ युगुर स्वायत्त क्षेत्र यतिखेर इतिहासकै उत्कृष्ट विकासकालमा पुगेको छ । चिनियाँ राज्य परिषद् सूचना कार्यालयले शुक्रबार बेइजिङमा जारी गरेको श्वेतपत्रमा उक्त दाबी गरिएको छ ।
‘नयाँ युगमा सिन्जियाङ शासनका लागि चिनियाँ कम्युनिस्ट पार्टीका निर्देशनः अभ्यास र उपलब्धी’ शीर्षकको श्वेतपत्रमा पछिल्लो सात दशकमा कानुनी शासन, जातीय एकताको माध्यमबाट स्थायित्व, सांस्कृतिक पहिचान सुदृढीकरण, जनसमृद्धि र दीर्घकालीन विकास रणनीतिले उक्त स्वायत क्षेत्रलाई नयाँ आयाममा पुर्याएको उल्लेख छ । यो वर्ष सिन्जियाङ युगुर स्वायत्त क्षेत्र स्थापनाको ७०औं वार्षिकोत्सव मनाइएको छ ।
पछिल्ला वर्षको योगदानले सिन्जियाङामा अभूतपूर्व आर्थिक–सामाजिक विकास, जनजीवनस्तरमा उल्लेखनीय सुधार र प्राप्ति, खुशी तथा सुरक्षाको अनुभूति बढाएको श्वेतपमा उल्लेख छ । यसैगरी यो अवधिमा उक्त क्षेत्रले अराजकताबाट स्थायित्वतर्फ र स्थायित्वबाट सुशासनतर्फको ऐतिहासिक रूपान्तरण हासिल गरेको चीन सरकारको निश्कर्ष छ ।
सन् २०१२ यता चीनको केन्द्र सरकारले सिन्जियाङका लागि पाँच खर्ब ६२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराएको छ । सन् २०२४ मा मात्रै पाँच खर्ब ४३ अर्ब ४८ करोड युआन बेइजिङले प्रदान गरेको श्वेतपत्रमा उल्लेख छ । उता सिन्जियाङले आफ्नो क्षेत्रीय खुलापन रणनीतिलाई चीनको पश्चिममुखी समग्र खुलापन योजनासँग जोड्दै मध्य एसिया र युरेसिया क्षेत्र पार गर्ने स्वर्णिम मार्ग र पश्चिमतर्फको प्रवेशद्वार बनाउने लक्ष्य राखेको बताइन्छ । त्यसैगरी पूर्वाधारमा उल्लेखनीय सुधार भएको छ ।
सन् २०२४ सम्म रेलमार्ग नौ हजार २०२ किलोमिटर, राजमार्ग सञ्जाल दुई लाख ३० हजार किलोमिटर पुगेको छ भने आन्तरिक तथा वाह्य हवाई रुट ५९५ पुगेको छ । तीमध्ये उक्त क्षेत्रबाट २५ वटा अन्तर्राष्ट्रिय हवाई मार्ग जोडिएका छन् । प्राकृतिक स्रोत र औद्योगिक क्षमतामा आधारित आधुनिक औद्योगिक प्रणाली विकास गर्ने कार्य पनि तीव्र रुपमा अघि बढाइएको छ। लगातार ३२ वर्षदेखि सिन्जियाङ चीनको सबैभन्दा ठूलो कपास उत्पादक क्षेत्र बन्दै आएको छ । कपास खेतीमा ९७ प्रतिशत कार्य मेशिन र प्रविधिबाट हुने गरेको छ ।
श्वेतपत्रअनुसार सिन्जियाङले जनस्वास्थ्य प्रवद्र्धनको यसअघिको नीतिमा व्यापक सुधार गरेको छ। त्यहाँका स्थानीयको औसत आयु सन् १९४९ मा रहेको ३० वर्षबाट बढेर २०२४ मा ७७ वर्ष पुगेको छ । चीनले उक्त क्षेत्रमा स्थानीय जातीय भाषाको प्रयोग र अध्ययन अधिकारलाई सम्मान र संरक्षण गरेको छ। धार्मिक मामिलालाई कानुनअनुसार व्यवस्थापन गरिएको, धार्मिक संस्थाहरूलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न दिइएको र समाजवादसँग अनुकूल बनाउन मार्गदर्शन गरिएको पनि श्वेतपत्रमा लेखिएको छ ।
सांस्कृतिक सम्पदा संरक्षणमा पनि सिन्जियाङ अगाडि बढेको पाइन्छ। क्षेत्रीय सांस्कृतिक सम्पदा संरक्षणका लागि कैयौं योजना बनाइएको छ भने कानुनी सुनिश्चिततालाई बलियो बनाउन स्थानीय निमय, कानुन र नियमावली एकपछि अर्को जारी गरिएको जनाइएको छ। साथै, तकलामाकान मरुभूमिको छेउमा सयौं वर्षदेखि कायम रहेको मरुभूमीकरण नियन्त्रणका प्रयासलाई पछिल्लो केही वर्षदेखि सशक्त बनाइएको छ । तीन हजार ४६ किलोमिटर लामो ‘ग्रीन बेल्ट’ अर्थात् जंगलले सम्पूर्ण मरुभूमीलाई घेरिएको छ । यो विश्वकै सबैभन्दा लामो बालुवा र मरुभूमि नियन्त्रणका लागि तयार पारिएको ‘ग्रीन बेल्ट’ हो ।

Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












