बल्लतल्ल पायो नेपाली टोलीले भिसा, सोमबार प्रस्थान गर्ने !
काठमाडौं । अागामी साता वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई संयुक्त अरब इमिरेट्स (दुबई)ले भिसा दिएको छ ।
आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिएको हो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यूएईले नेपाली टोलीलाई भिसा प्रदान गरिसकेको र सोमबार त्यतातर्फ प्रस्थान गर्ने जानकारी दिएका छन् ।
निर्धारित तालिकाअनुसार वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान यूएई जाने तालिका थियो । तर भिसा नआएकाले नेपाली टोली रोकिएको थियो । जेन–जी प्रदर्शनपछि नयाँ सरकार बनेयता यूएईले नेपालीहरुका लागि पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाएको छ ।
खेलाडीहरुले भिसा नपाएपछि शृंखला नै नहुने हो कि भन्ने अन्योलताका बीच क्यानले आइतबार भिसा आइसकेको र सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो ।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको ट्वान्टी–२० शृंखला खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।
मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगिसकेका छन् । साथै उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
सुधन र दिपकको साइनो खुल्दा, ‘हामी नेपाल’को वेवसाइट झ्याप्पै बन्द !
काठमाडाै । वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर काराेबारकाे साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि...
-
काठमाडौँदेखि ढाकासम्म नियमित सिधा उडान गर्ने तयारी
काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रास्वपा सभापति लामिछाने
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले क्षेत्राधिकार मिचेर जथाभावी गरेको भन्ने चर्चा भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...
-
डाइभर्सन बग्दा बीपी राजमार्गमा सवारी आवागमन बन्द
बनेपा। शनिबार दिउँसो परेको वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीले राजमार्गका...
-
सहजरूपमा विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव...
-
टेम्पोमाथि रुख ढल्दा दुई जनाको ज्यान गयो, तीन गम्भीर घाइते
जनकपुरधाम । हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते छन् ।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना कारबाहीको दायरामा
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत...












