घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह
काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै आयोगले यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न पनि आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर जेन–जी आन्दोलनपछि नयाँ सरकार बनेको र चुनावको घोषणा भएको अवस्थामा घृणाजन्य अभिव्यक्ति सार्वजनिक भइरहनु चिन्ताजनक रहेको उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको आधारभूत अधिकार भए पनि यसलाई संयमित, मर्यादित र मानव अधिकारको मूल्य–मान्यताको परिधिभित्र रहेर प्रयोग गर्नुपर्ने उल्लेख छ ।
सम्बद्ध सबै पक्षलाई आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न र वर्तमान राजनीतिक परिस्थितिमा संयमित भई उचित समाधान खोज्न आयोगले आह्वान गरेको छ । आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार कानून, नेपालको संविधान तथा मुलुकी अपराध संहितामा समेत अरूको मर्यादामा ठेस पुग्ने, गाली वा बेइज्जती गर्ने कार्यलाई दण्डनीय बनाइएको प्रावधानको स्मरण गराएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












