ताजा समाचार

महाविर पुनको कार्यकक्ष केशरमहलमा, आज पदभार ग्रहण गर्ने !

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री वैज्ञानिक महाविर पुनको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ ।

सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको र मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका थिए । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ ।

शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन भनेका छन् । उनले लेखेका छन्, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org