ताजा समाचार

जेनजी प्रदर्शनः कारागारबाट फरार २ अमेरिकी कैदी पक्राउ !

 

काठमाडौं । जेनजी प्रदर्शनमा कारागारबाट फरार भएका बलात्कार र बाल यौन दुराचार मुद्दाका २ अमेरिकी कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अमेरिकाका ७० वर्षीय मिचेल नोर्म्यान टेलर र ४० वर्षका जेसोन ल्लोडी मोडी छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । टेलर कास्की कारागारमा र मोडी सुन्धारा कारागारमा थिए ।

टेलर बाल यौन दुराचारमा र मोडी बलात्कार कसुरमा जेल परेका थिए । पक्राउ परेका दुबै जनालाई कारागार बुझाउने तयारी भएको सीआईबीका डीएसपी धर्मराज भण्डारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org