ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुको भीड बढ्दै !

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशै तथा तिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या अत्याधि बढेको छ ।

यो समयमा काठमाडौंबाट लाखौंको संख्यामा दशैतिहार मनाउँन बाहिरि सकेका छन् भने अझै ठूलो संख्यामा बाहिरिने तयारी गर्दैं छन् । तर लगातारको वर्षाका कारणले काठमाडौंबाट बाहिरिने राजमार्गहरु अवरुद्ध बन्दा यात्रुलाई ठूलो सास्ती भोग्नु परिरहेको छ । भने सडकमार्गबाट यात्रा गर्न असहज हुने देखिएपछि आन्तरिक हवाई यात्रीहरूको चाप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्न थालेको छ ।

देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेसँगै हवाइ यात्रामार्फत यात्रा गर्ने यात्रुहरुको संख्यामा वृद्धि भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org